सागर हुमागाई
गौर,२६ पुस ।
चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रपुरको ११ औ बार्षिक साधरण सभा सम्पन्न भएको छ । शनिवार चन्द्रपुर स्थित फियुजन लन्जको प्रागंणमा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले गरेका थिए । सो कार्यक्रममा बोल्दै तिमल्सिनाले सहकारीको माध्यमबाट नगरका कृषकहरुलाई ऋण प्रदान गरी आर्थिक समृद्धि हा“सिल गर्न सहकारीले सहयोग पु¥याउन सक्ने बताए ।
उनले हरेक दृष्टिले प्रदेश नं. २ पछि रहेको र प्रदेशमा पनि रौतहट रहेकाले सवल बन्न यस्ता बितिय संस्थाको महत्वपुर्ण भुमिका हुने बताए ।
ग्रमिण भेगमा सहकारी संस्थाले गरेको कार्यको प्रशंसा गर्दै अधिंकाश स्थानिय सहकारीमा आवद्ध रहेको उल्लेख गरे ।
समाजिक कार्यमा पनि सहकारी संस्थाले काम गरेकाले अझ व्यवस्थित गर्नका लागि आवश्यक सहयोग गर्ने बताए ।
रतmदान, सरसफाई तथा अन्य समाजिक कार्यमा चन्द्रोदय सहकारीले गरेको कार्यको उत्कृष्ट रहेकाले स्थानिय तहले सम्मान गर्नु पर्ने उनले धारणा राखे । कार्यक्रममा संकल्प सहकारी संस्थाका अध्यक्ष विभु पोखरेलले केहि सहकारी संस्थाले शेयर सदस्यको बचत रकम फिर्ता नगरेको प्रति दुख व्यतm गर्दै ऐन, नियम अनुसार संञ्चालन हुनु पर्ने बताए ।
दिगो विकास र लक्ष्य प्राप्तीका लागि यस्ता किसिमका सहकारीका कारण भुमिका निर्वाह गर्न नसकेको उल्लेख गरे । सहकारी संस्था बिच समन्वयको आवश्यतmा रहेको औल्याउदै सहकारीले कर्जा सूचनालाई भने सहज बनाएको बताए ।
कार्यक्रममा बोल्दै गुञ्जन एफ एमका स्टेशन मेनेजर संजय कार्कीले गा“उ घरमा चर्कोमा ऋण दिने प्रवृति अझै रहेकोले सचेत हुन र बितिय साक्षरता लिन हुन अनुरोध गरे । गरिवको सूचीमा रहेको रौतहटलाई आर्थिक सुधार ल्याउन बितिय संस्थाको भुमिका महत्वपूर्ण हुने उनको भनाई छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश सुनुवारले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ११ बर्ष पहिले १ लाख ३५ हजार शेयर पु“जीबाट संचालन गरीएको संस्थाको चुतmा पु“जी १ करोड ५९ लाख ५२ हजार पुगेको जानकारी दिए । गत साल संस्थाले १० धुर जमिनमा निर्मित भवन रु ८० लाख मा खरिद गरेको उनले बताए । संस्थाले शेयर सदस्यहरुलाई १२ देखि १५ प्रतिशत लाभांश बितरण गर्दै आएको समेत अध्यक्ष सुनुवारले जानकारी दिए । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यस वर्ष खुद बचत आम्दानी २१ लाख ४५ हजार रहेको छ । चन्द्रोदयले हरेक सालझै यस साल पनि आप्mना शेयर सदस्यहरुलाई भाग्यशाली ड््््र खेलाएको थियो जसमध्य १०७ जनाले उपहार पाएका थिए । उत्कृष्ट उपहारमा शेयर सदस्य हरी प्रशाद बरालले टेलिभिजन पाएका थिए ।
सो कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष खड्ग बम्जन, नव विकास साकोसका अध्यक्ष देव वहादुर सापकोटा, स्वस्तिक साकोसका अध्यक्ष नरेन्द्र वहादुर राना, हातेमालो सामुदायिक साकोसका दिपक घिमिरे, एकिकृत साकोसका अध्यक्ष दिपक रेग्मी, लगायतका विभिन्न साकोसका प्रतिनिधि, वैकका प्रतिनिधि तथा संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा सचिव, कोषाध्यक्ष, लेखा सुपरिवेक्षण लगायतका समितिको प्रतिवेदन समेत प्रस्तुत गरीएको थियो । संस्थाका कोषाध्यक्ष अनुपा श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी १ करोड ५९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । सहकारीमा महिला ४४५ र पुरुष ६२९ गरी १०७४ जना शेयर सदस्य रहेका छन् । संस्थाले शेयर सदस्यहरुलाई १२ देखि १५ प्रतिशत लाभांश बितरण गर्दै आएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरे बापत संस्थाले सम्मान पनि गरेको थियो । संस्थाका अध्यक्ष प्रकाश सुनुवारको अध्यक्षतामा सम्पन्न भएका कार्यक्रमको संचालन संस्थाको उपाध्यक्ष बसन्त कुमार आचार्यले गरेका थिए ।