साथी शिक्षा सहकारीको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

चन्द्रपुर,२६ पुस ।
साथी शिक्षा सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार बालनिकेता माविमा सभाको उद्घाटन संघिय सासद एबम बिकास तथा प्रबिधि समिति सभापति कल्याणी खडकाले गरेकी छिन ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भटराईले आगामी योजनाको बारेमा शेयर सदस्यहरुलाइ जानकारी दिए ।
सभाका प्रमुख अतिथि कल्याणी खड्काले सरकारले तीन खम्वे निती लिएर योजनाहरु अगाडी बढेको जानकारी दिइन ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भट्टराई , महासचिव दिपक रेग्मी, कोषाध्यक्ष किरण रेग्मीले आर्थिक बर्ष २०७५ ÷२०७६ को प्रतिवेदन प्रस्तुत गरेका छन ।
आम्दानी तर्फ प्रवेश शुल्कबाट ३ हजार ५ सय र वैक व्याज आम्दानी १६ हजार ८ सय र अन्य गरी २७ लाख २० हजार ३ सय ९ रुपैया रहेको जनाईएको छ ।
खर्च तर्फ अतिथी सत्कार १२ हजार २ सय , छपाई तथा मसलन्द ११ हजार , बैठक खर्च ७ हजार २ सय ५० र अवलोकन भ्रमण खर्च ७५ हजार, साधरण सभा खर्च ५५ हजार २ सय र विविध खर्च १५ हजार , लेखा परिक्षण शुल्क १० हजार भएको उल्लेख गरीएको छ । साधारण सभाले बिभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरेको छ ।
कान्तिपुर दैनिकका शिवपुरी तथा राजधानी र हाईवे न्यूजका रमेश तिमल्सिनालाइ सम्मान गरेको हो ।
खेलाडी तर्फ सम्मानित हुनेमा महिला खेलाडी रेनुका नगरकोटी, अनिता केसी, मञ्जली कुमारी योञ्जन, अञ्जना राना मगर, पुनम जर्घा मगर रहेका छन् । यस्तै सभाले तत्काल्नि फुटवल संघका अध्यक्ष नेपाल कार्की लाइ सम्मान गरेको थियो । सो सभामा संकल्प सेकोसका अध्यक्ष बिभु पोखरेल , रेडियो सुप्रिमका अध्यक्ष फणि महत, गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्की ,एकिकृत साकोसका अध्यक्ष दिपक प्रसाद रेग्मी, राष्ट्रिय सहकारी बैक चन्द्रनिगाहपुर प्रबन्धक रोशन कार्की, साथी शिक्षा सहकारी संस्थाका सल्लाहकार रमेश भट्राई , चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख खड्ग मैनाली लगायतका अतिथिहरुको आतिथ्ता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles