भ्रमण वर्षभरी कविलास रिसोर्ट एण्ड फनपार्कमा आकर्षक छुटको व्यवस्था

काठमाडौ । सरकारले हालै भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ गरेको छ । यस सन्दर्भमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.ले आकर्षक सुविधा र छुट सहित सेवा आरम्भ गरेको छ । राजधानीस्थित सञ्चार केन्द्र नेपालको हलमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.ले पत्रकार सम्मेलनमार्फत भ्रमण वर्षलाई लक्षित गरी आफूँले प्रदान गर्ने सेवा सुविधाहरुका बारेमा जानकारी गराएको छ । कार्यक्रममा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.का अध्यक्ष बाबुराम उपाध्यायले भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी आकर्षक छुट र सुविधाको व्यवस्थासहित कबिलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि. स्थापना गरिएको बताउनुभयो । ‘भ्रमण वर्ष २०२० भर यस रिसोर्टले रिसोर्टमा आई रात विताउने ग्राहकहरुको लागि विहानको ब्रेकफाष्ट र स्विमिङ्ग निशुल्क गरिएको र फनपार्कको सबैको खेलमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ’– अध्यक्ष उपाध्यायले बताउनुभयो । अन्य उत्पादन र सम्भावना खासै नभएको तर प्राकृतिक सुरन्दता भएकाले आफूँहरुले त्यस ठाउँमा सो रिसोर्ट सञ्चालनमा ल्याएको बताउनुभयो । सो रिसोर्टमा २०० जनासम्म बस्ने लजिङ्गको सुविधा भएको, पारिवारिक रुपमा बस्न मिल्ने, आफैँले पकाएको खान मिल्ने, ७ वटा पारिवारिक भिल्लाको व्यवस्था, फनपार्क, र वाटरपार्क, स्विमिङ्ग पुलजस्ता आकर्षण सुविधाहरु रहेका बताउनुभयो । साथसाथै अर्नानिक फार्म हाउस, खेतीपाती, कुखुरा पालन, बाख्रा पालन, हाँस, नर्सरीको समेत व्यवस्था भएको अध्यक्ष उपाध्यायले जानकारी गराउनुभयो । ७५ जनाको समूहमा सञ्चालन भएको यो रिसार्ट एण्ड फनपार्क २५ विघा क्षेत्रफलमा बनेको जानकारी गराउँदै अध्यक्ष उपाध्यायले चितवनका प्रसिद्ध शहरहरु टाँडी, पर्सा, भरतपुरलगायत भारतको केही ठाउँहरुको समेत अवलोकन गर्न सकिने हुँदा आफूँले त्यस ठाउँमा रिसोर्टको स्थापना गरेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा रिसोर्टका सल्लाहकार लक्ष्मीराम पौडेलले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कविलास रिसोर्ट आफूँहरुले सञ्चालन ल्याएको बताउनुभयो । कविलास रिसोर्ट सबैको आकर्षक गन्तव्य भएका कारण सबै त्यहाँ पुग्न आग्रह गर्दै भन्नुभयो भ्रमण वर्ष निजी र सरकारी सबै क्षेत्रका लागि एउटा महत्वपूर्ण अवसर हो । यो समयमा पर्यटनको आगमनमा बृद्धि गरी आयआर्जनमा समेत बृद्धि गर्दै समृद्ध नेपाल निर्माणमा सहयोग पु¥याउने हुँदा भ्रमण वर्षलाई सफल बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनुपर्ने धारणा राख्नुहुँदै । पौडेलले भन्नुभयो–‘सबैले आ आफ्नो क्षेत्रबाट भ्रमण वर्षलाई सहयोग गर्नुपर्छ सोही कारण कविलास रिसोर्ट एण्ड फनपार्कले पनि यस अवधिमा विशेष छुटको व्यवस्था गरेको छ ।’ कार्यक्रममा कविलास रिसोर्ट एण्ड फनपार्कका व्यवस्थापक सन्देश पौडेलले कविलासद्वारा जारी प्रेस विज्ञप्ति बाचन गर्दै कविालसले प्रदान गर्ने सेवा सुविधा र छुटका विषयमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले भ्रमण वर्ष मनाइरहँदा कविलास रिसोर्टले भारी छुट दिएर आकर्षक सुविधाहरु प्रदान गर्दा राज्यको अभियान सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles