काठमाण्डौ–अभिनेता सविन श्रेष्ठले वेष्ट एक्टर अफ दि इयर अबार्ड पाएका छन् । नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यले थाइल्याण्डमा ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रममा अभिनेता श्रेष्ठले वेष्ट एक्टर अफ दि इयर अबार्ड पाएका हुन् ।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा. लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको हो । चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गा“उपालिका सिन्धुली, राईडर सेवा प्रा. लि.को सहयोग रहेको छ ।
द सिसन होटल पटयामा सम्पन्न अवार्ड कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदँ देश बिदेशमा आदिबासी जनजाति चलचित्रलाई प्रबद्र्धन गर्ने यस्ता प्रकृतीको कार्यक्रमहरु आयोजना हुनु आबश्यक रहेको बताए ।
साथै आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबद्र्धनमा बिशेष योगदान पु¥याउने बिस्वास ब्यक्त गरे । हुकुम मल्टिमिडिया प्रा.लिको अध्यक्ष डि. बि. बम्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलको प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खा्जित राई लगाएत बिभिन्न क्षेत्रका ब्यत्तित्व र चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।