नबराज कोईराला ,माघ २१ हेटौडा। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले कोरोना भाइरस सम्बन्धि अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम सम्पन्न गरेको छ।
सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा केन्द्रको कार्यालय पशुपतिनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा भर्खरै मकवानपुर पाल्नु हुने प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीलाई स्वागत तथा शुभकामना व्यक्त गरेको थियो। अन्तरक्रियालाई संबोधन गर्दै नायब उपरिक्षक कार्कीले कोरोना भाइरसको विषयमा चर्चा गर्दै लागु औषध न्युनिकरणका लागी समुदाय संग हातेमालो गर्न तयार रहेको बताए।
त्यसै गरी सोही अन्तरक्रियालाई संबोधन गर्दै केन्द्रका अध्यक्ष राम विष्टले कोरोना भाइरसको समस्या आउनु भन्दा पहिलै समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत देश भरी नागरिकलाई बच्ने उपाय बारे सचेतना गराउनु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पशुपीनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाह,संस्थापक अध्यक्ष रामचन्द्र अर्याल,उपाध्यक्ष बासु प्रसाद खतिवडा,निवर्तमान अध्यक्ष कुमार पौडेल,सह सचिव तथा हेटौडा २ नं.वडाका जनप्रतिनिधि महेश्वरमान श्रेष्ठ लगाएतले संस्थाको गतिविधि तथा शुभकामना व्यक्त गरेका थिए।


