फरार अपराधीलाई गोली प्रहार गरेर पक्राउ

गुजरा,७ फागुन ।
प्रहरीले एक फरार अपराधीलाई गोली प्रहार गरेर पक्राउ गरेको छ । मंगलवार राति करीब १० बजे रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित धन्सारबाट जंगलसहिया जाने सडकबाट प्रहरीले मौलापुर ८ सोनरनियाका अभय सिंह भन्ने कामेश्वेर पटेल कुर्मीलाई पक्राउ गरेको हो । सिंह विगतमा तराई जनतान्त्रीक मुक्ती मोर्चाका ईन्चार्ज भएर कर्तव्य ज्यान लगायतका दर्जनौ आपराधिक क्रियाकलापमा संग्लनरही फरार रहेको आरोप प्रहरीले जनाएको छ । बारा जिल्लाको प्रहरी टोलीले पिछा गर्दै आईरहेको र रौतहट प्रहरीलाइ समेत खबर हुना साथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बाट प्रहरी खटिएको टोलीले उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमबहादुर शाहीले जानकारी दिए । प्रहरीलाई देख्ना साथ कुर्मीले फायर गर्न लागेकोले प्रहरीले गोली प्रहार गरी कुर्मीलाई पक्राउ गरेको उनको भनाइ छ ।


संयुक्त प्रहरी टोलीलाइ देख्नसाथ फायर खोल्न लागेको अवस्थामा प्रहरीले ४ राउण्ड जवाफी फायर खोल्दा कुर्मीको खुट्टामा दुई ठाउँमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते सिंहको चन्द्रपुर अस्पतालमा उपचारगरि थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंज लगिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । सिंह विरूद्व विभिन्न जिल्लामा कर्तव्य ज्यान, अपहरण लगायत दर्जनौ आपराधिक गतिविधि गरेको मुद्दा प्रहरीले दर्ता गरेको छ । प्रहरीले उनको साथबाट नलकटुवा पेस्तोल एकथान, गोली ५ राउण्ड फेला पारेको जनाएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg