प्रदेश २ मा छोरीको बिमा गराउनेलाई निःशुल्क इन्टरनेट वितरण

सागर हुमागाई

चन्द्रपुर,७ फागुन / प्रदेश २ सरकारले छोरीको बिमा गराउने अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने घोषणा गरे संगै छोरीको बिमा गराउने अभिभावकले बुधबारबाट तीन महिनासम्म पाउने निःशुल्क इन्टरनेट चन्द्रनिगाहपुरमा पनि वितरण भएको छ । प्रदेश २ सरकारले शुरु गरेको ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको शिक्षा बिमा गराउने काम चन्द्रपुर न पा मा पनि गरेको थियो ।


२०७५ साल माघ यता जन्मिएका हरेक छोरीको बिमा भएका बालिकालाई प्रदेश सरकारले अभिभावकलाई इन्टरनेट सेवा दिदै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सुबिसु केबल नेट प्रालिबीच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीका अभिभावकले तीन महिनासम्म निःशुःल्क इन्टरनेट सेवा चन्द्रपुर न पा ५ बाट जडान सुरु गरिएको सुबिसु केबल नेट चन्द्रनिगाहपुर शाखाका प्रवन्धक निर्दशक बाशुदेव उपाध्यायले जानकारी दिनु भयो । पहिलो दिनमा,चन्द्रपुर न पा ५ निवासी बालिका श्रिशा भट्टराईकी अभिभावकको घरमा पहिलो इन्टरनेट जडन गरिएको उपाध्यायले बताए । छोरीहरुको शिक्षा बिमा अभियानलाई सफल बनाउन सुबिसु केबल नेट प्रालिमार्फत् ती बालिकाका अभिभावकलाई तीन महिनासम्म १५ एमबीपीएस गतिको इन्टरनेट दिइने गरी प्रदेश सरकारले सम्झौता गरेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा सुविसुका आयोजना प्रमुख सुवास अधिकारीबीच यो सम्झौता भएको थियो । छोरीको बिमा गराएकै मितिदेखि तिनका अभिभावकलाई तीन महिनासम्मका लागि इन्टरनेट सेवा उपलब्ध गराउने सहमति भएको अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles