लैङ्गीक हिसां बारे सरोकारवालाहरु संग छलफल

1183

सागर हुमागाई
फागुन ११ रौतहटको चन्द्रनिगाहपुरमा सरोकारवालाहरु संग छलफल कार्यत्रम समपन्न भएको छ । सेभ दि चिल्डर््ेन को सहयोग र सप्तरङ्गी नेपालको आयोजनामा भएको कार्यत्रममा स्थानिय,जन प्रतिनिधि, सुरक्षाकमी,स्वस्थयकर्र्मी,संचारकर्मी लगाएत अन्य सरोकारवालाहरु बिच छलफल भएको थियो । कार्यत्रममा तेस्रो लिङगीहरुको हक,अधिकार,समाज प्रतिको दाइत्व र तेस्रो लिङगीहरुले भोग्नु परेको पिडा र समाधानको विषयमा छलफल भएको थियो ।


छलफलमा बोल्दै सप्तरङ्गी नेपालकी कार्यत्रम संयोजक जिना राणा मगरले तेस्रो लिङ्गीहरुलाई सरकारले दिने भनिएको अधिकार र सेवा बाट आफुहरु बण्चित हुनुपरेको बताए । १०,११ बर्षको लामो सङघर्ष पछि आफुहरु संक्षम हुदा हुदै पनि काम गर्ने बातावरण नभएको बताइन।२१ औ शताब्दिमा पनि तेस्रो लिङगीहरु खुलेर हास्न,हिड्न,बोल्न र सिप अनुसारको काम गर्न नपाएको गुनासो गरिन। सामाजमा बसे पछि राम्रो काम गर्दा गर्दै पनि सहज वातावरण नभएको भन्दै सरोकारवालाहरुलाई ध्यान आकर्षण गराईन । सहज वातावरण र सरोकारवालाहरुको साथसहयोग भए देशकै लागी नमुना काम गरेर देखाउने मगरको भनाइ रहेको थियो ।
छलफलकै त्रममा बोल्दै महिला सुरक्षा दवाव समुह रौतहटकी अध्यक्ष देवकी नेपालले तेस्रो लिङ्गीहरु संग ११ बर्ष पहिला देखी समनवय गर्दै हक हितका लागी र समाजले हेर्ने द्रिष्टिकोण परिर्वतनका लागी लडिरहेको र आगमी दिनमा पनि लड्ने बताइन । सरकारले अधिकार दिएको भए पनि अझै लागु नभएको र कार्यन्वयन गर्न बृहत चेतना मुलक कार्यत्रम गर्नु पर्ने बताइन ।
छलफलमा बोल्दै चन्द्रपुर न पा का कार्यकारी प्रमुख कृष्ण सिग्देलले तेस्रो लिङ्गीहरुको अवस्था बुजेर नगर पालिकाको तर्फ बाट हुने सम्पुर्ण सहयोग गर्ने प्रतिबधता जाहेर गर्नु भयो । तेस्रो लिङ्गीहरुको हक,अधिकार,समाज प्रतिको दाइत्व र तेस्रो लिङ्गीहरुले भोग्नु परेको पिडा र समाधानको बारेमा नगरपालिका गम्भिर भएर लागने बताए ।


यस्तै छलफलको त्रममा ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख हेम शाहिले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी सदैव त्तपर रहेको र लैङ्गीक को आधारमा भेदभाव गर्नु गलत रहेको बताए । ं तेस्रो लिङगीहरुका लागी मात्र नभई सम्पुर्ण बालबालिका देखी वृद्रवृद्रा सम्म हुने भेदभाव,हिसां र दुर्रव्यवहार हुन नदिन अग्रपन्थिको रुपमा काम गर्ने संस्था नेपाल प्रहरी रहेको र समाजमा लैङ्गीक हिसा गर्ने लाई ंकानुनको दयरामा ल्याउन कुनै पनि कसर बाँकी नराखने बताए ।

यस आर्थिक बर्षमा मात्र १२ जनामा एच आई भि पोजेटिभ भेटिएको र जस मध्य २ जनाको मृत्यु भैुकेको छ । सबै सरोकारवाला निकाएहरु एक जुट भए लैङगीक हिसां अनत्य हुने सम्भावना रहेको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg