कटहरिया,११ फागुन ।
रौतहटको एक मुसहर बस्तीका सबै बालबालिका विद्यालयबाहिर छन ्। नाम लेखाए पनि विभिन्न कारणले उनीहरू पढ्न जाने गरेका छैनन् । रौतहटको कटहरीया नगरपालिका ९ स्थित तरहरी खोला किनारमा बस्दै आएका करिब एक सय ५० जना मुसहर बालबालिका विद्यालय जा“दैनन् । उक्त बस्तीमा ६५ परिवार मुसहरको बसोबास छ ।
भर्ना अभियानको समयमा केही दिन विद्यालय जा“दा साथी तथा शिक्षकले पिट्ने गरेको बालबालिकाको गुनासो आएको छ । बस्तीदेखि एक किलोमिटर टाढा रहेको सरकारी विद्यालयमा गतवर्ष नाम लेखाए पनि पढ्ने उचित वातावरण नहु“दा पढाइबाट वञ्चित छन् । विद्यालय जा“दा फोहोरी र गन्हाउने भन्दै मुसहरका छोराछोरीलाई अन्य विद्यार्थी तथा शिक्षकले हेला गर्ने, पढाउन ध्यान नदिने गरेपछि गाउँका बालबालिका पढ्न जान छाडेको स्थानीय कालीचरण माझीको भनाइ छ ।
सरकारी विद्यालयमा छोराछोरीको नाम लेखाउने गरे पनि गरिबीका कारण किताबकापी किन्न नसकेको, विद्यालय जाने कपडासमेत किन्न नसक्ने हँुदा समस्यामा रहेको अभिभावक प्रदीप माझीको दुःखेसो छ। पढ्ने उमेरका बालबालिका नजिकैको तरहरी खोला किनारमा दिनभर खेल्ने र सँुगुर, बाख्रा चराउने, घरमा भाइबहिनी हेरेर बस्ने गरेका छन् । गएका वर्षमा एक कक्षामा भर्ना भएका बालबालिका केही दिन पढ्न गएको त्यसपछि जान छाडेका छन् ।
मुसहरका छोराछोरी फोहोरी हुने, फोहोर कपडा लगाएर पढ्न आउने र किताबकापी नहुने भएकाले शिक्षकसमेत ध्यान नदिने र अभिभावकले पनि पढाउन मतलब नराख्ने गरेको अर्का अभिभावक जादो माझीको भनाइ छ।अति गरिबीका कारण अभिभावक ज्याला मजदुरी गर्न जाने हुँदा छोराछोरीलाई उचित स्याहार र हेरचाह समेत हुने गरेको छैन । खोला किनारस्थित झुपडीमा बस्दै आएका मुसहर परिवारमा एकजना मात्र कमाउने र दैनिक कमाएको पैसाले खानसमेत मुस्किल पर्ने हुँदा छोराछोरीको पढाइ, उपचार र हेरचाह गर्न मुसहरले नसकेको मुसहर उत्थान संघ रौतहटका अध्यक्ष विनोद माझी मुसहर बताउ“छन् ।
रौतहट जिल्लाको १८ वटा स्थानीय तहको विभिन्न वडामा ५८ वटा मुसहर जातीका सानाठूला बस्ती छन्। करिब १५ हजार मुसहर परिवारको बसोबास छ ।
मुसहरका बालबालिकालाई पढ्ने वातावरणसहित निःशुल्क माध्यमिक तहसम्म शिक्षा, सुकुम्बासी समस्या समाधान र रोजगारीको व्यवस्था भए मात्र मुसहरको जीवनमा परिवर्तन आउने भूमि अधिकार मञ्च रौतहटका जिल्ला संयोजक अनुप माझी मुसहरको तर्क छ ।