बिजयपुर÷रौतहटको फतुवा बिजयपुर नगरपालिकाको आज तय भएको नगरसभा स्थगित भएको छ । आज हुने भनिएको नगर सभा तेस्रो । नगरसभा दोस्रो पटक पनि स्थगित गरेको भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तेस्रो नगरसभा अबैधानिक ठहर गर्दै रोक्का गर्न नगरपालिकामा लिखित पत्र पठाएपछी तत्कालको लागी स्थगित भएको हो ।उच्च अदालत बिरगंजले फागुन १० गते सम्म तेस्रो नगरसभा गर्न दिएको आदेश अनुसार फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवले भोलिको लागि तयारी गरेका थिए । तर नगरपालिकामा लिखित पत्र पठाएपछी तत्कालको लागी तेस्रो नगरसभा स्थगित भएको हो ।
एक्कासी सामान्य प्रशासन मन्त्रालयले नगरसभा नगर्न पत्र पठाएकाले सो बारे बिस्तृत जानकारी गराउन पत्रकार सम्मेलन गर्ने तयारी गरीरहेको मेयर यादवले बताएका छन । निमित्त कार्यकारी अधिकृतका रुपमा रहेका चन्द्रकिशोर साहले गरेको निर्णय कार्वान्वयन नगर्न र कार्यपालिका बोर्डको बैठक अनुसार अर्को मितिमा नगरसभा गर्न मन्त्रालयले पत्र पठाएको केहीदिन अघि ेमात्र हाजिर भएका प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले जानकारी दिएका छन् ।
तेस्रो नगरसभा स्थगित भएकाले आउन लागेको पर्व होलीमा पनि नगरक्षेत्रका शिक्षक कर्मचारीले तलब पाउनेमा आशंका उत्पन्न भएको छ । यस अघि मेयर यादवको अगुवाईमा गत पुस ११ गते फतुवा बिजयपुर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको थियो । तर, उपमेयर कान्तीदेवी महतोले मेयर यादव एकलौटी गरेको भन्दै लिखित उजुरी दिएपछी उच्च अदालतले तेस्रो नगरसभा बदर गरेको थियो ।
मेयर यादव र उपमेयर महतोबीचको असमझदारीका कारण गत अषाढ मसान्तमा हुनुपर्ने तेस्रो नगरसभा हालसम्म पनि हुन नसकेको कारण नगरपालिकाको सम्पुर्ण विकास निर्माणको काम ठप्प भएको छ ।
नगरक्षेत्र अन्तरगतका सयौं शिक्षक कर्मचारीले गत साउन देखी हालसम्म तलव पाउनसकेका छैन ।नगरशिक्षा संयोजक बुनिलाल यादवका अनुसार गत साउन देखी हालसम्म शिक्षक,स्वास्थकर्मी,कृषी कर्मचारी तथा नगरपालिकामा रहेका करार कर्मचारीले गरी चारकरोड भन्दा बढी तलब पाउनुुपर्ने बताएका छन् । तलब नपाएर कर्मचारीहरुलाई दैनिकि चलाउन छोरा छोरीको पढाईका लागी बाहिर रकम पठाउन समस्या भईरहेको बताउदै आएका छन् ।तलबको माग गर्दै यसअघि शिक्षक र कर्मचारीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर आन्दोलन समेत गर्दा हालसम्म कुनै उपलब्धि हुनसकेको छैन । बिधालयहरुमा रकम निकासा नहु“दा नगरक्षेत्रका अधिकांस बिधालयका बालबालिकाहरु दिवाखाजा बाट समेत बञ्चित भएको यादवले बताउनुभयो ।