आठौं स्वस्तिक दिवस तथा स्वस्तिक बाल भेला सम्पन्न

चन्द्रपुर ११ / स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको आठौं स्वस्तिक दिवस तथा स्वस्तिक बालभेला सम्पन्न भएको छ । चन्द्रपुर नगर उपप्रमुख रामरती चौधरीको प्रमुख आतित्थ्यतामा सम्पन्न यस कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष नरेन्द्र बहादुर रानाले गर्नु भएको थियो भने जिल्ला बचत संघका अध्यक्ष देवकी नेपाल र नगर सहकारी प्रमुख चन्द्रकला बरालले श’भकामना मन्तत्तब्य व्यक्त गनर्’भएको थियो । उपप्रम’ख रामरती चौधरीले सहकारीले महिलाहरुको आर्थिक अवस्थामा स’धार ह’दै गएको हु“दा सहकारीहरुले गरेको योगदानको सरहाना गर्नुभयो । ६० प्रतिशत भन्दा बढी महिलाहरु सहभागी भएको सहकारी आर्थिकरुपमा सम्पन्न र सबल साथै पारदर्शी हुन्छ भन्नेकुरा रौतहत बचत संघकी अध्यक्ष देवकी नेपालले बताउनु भयो ।

नगर सहकारी प्रम’ख चन्द्रकला बरालले २०७७ साल असोज मसान्त सम्ममा एकजना सदस्यले कुनै पनि एउटा मात्र बचत तथा ऋण सहकारी संस्था रोज्नुपर्ने बताउनु भयो । संस्थाका व्यवस्थापक होम बहादुर थापाले संस्थाको गतिबिधीको बारेमा जानकारी गराउदै संस्थाको कुल रकम १३ करोड १८ लाख भन्दा बढी रहेको यस संस्थाको ३१५१ शेयर सदस्य,१५२८ किशोर किशोरी तथा बाल बचत र १२३ वटा समुहहरु भएको जानकारी गराउनुभयो । आगामी बर्ष ऋणको सीमा अधिकतम १० लाख सम्म पुर्याउने,सबै सदस्यहरुको निःशुल्क दुर्घट्ना बिमा गर्ने,ऋणको बिमा गर्ने, राहात कोषको स्थापना गरि मृत्यु भएका शेयर सदस्यको घरपरिवारलाई २६ हजार राहत दिने,बालबालिकाहरुलाई बाल भ्रमण गराउने जस्ता योजनाहरु रहेको संस्थाका अध्यक्ष नरेन्द्र बहादुर रानाले सो अवसरमा बताउनुभयोे । करीव २ हजार सहभागी यस कार्यक्रममा ४५ जना नया“ शेयर सदस्य र ३२६ जना बालबचत थप भएका छन भने ३ वटा समुह पनि दर्ता भएका छन यस अवसरमा १लाख ६५ हजार रुपैंया समेत संकलन भएको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *