छुरा प्रहार गरि हत्या

सागर हुमागाई

कटहरिया,१७ फागुन ।
धारिलो हतियार प्रहार गरि रौतहटमा एक जनाको हत्या भएको छ । जिल्लाको कटहरिया नगरपालिकामा शुक्रबार राति ८ बजे कटहरिया नगरपालिका २ जमुनियाका २५ वर्षीय मुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता डीएसपी नविन कार्कीका अनुसार दुई दिन अघि मृतक अब्दुल खैरको पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरीको आरोप हत्याका आरोपी आलममाथि परेको थियो । शुक्रवार राती आफ्नो घरबाट छुरा लिएर मुस्ताक आलम अब्दुल खैरलाई खोज्दै जा“दा हँथियाही गाविसका पूर्व अध्यक्ष सेराजुल देवानको घर अगाडि दुबैजनाको भेट भएको थियो । मोटर चोरीमा आफ्नो नाम लगाएको बिषयलाई लिएर दुबैजनाबीच भनाभन हुँदै कुटपिट समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिटपछि आक्रोसित बनेका मुस्ताख आलमले एक्कासी घरबाट ल्याएको छुरा निकालेर अब्दुल खैरको पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु डिएसपी कार्कीले जानकारी दिए । छुरा प्रहार गरेलगतै मुस्ताख आलम जमुनिया बाट फरार भएका थिए । घटनापछि विभिन्न प्रहरी कार्यालयबाट झिकाइएको प्रहरी टोलीले गाउँ समेत घेरा हालेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले घटनाको झण्डै २ घन्टापछी हत्याका आरोपी आलमलाई गुजरा नगरपालिका ६ खतवहिया गा“उबाट सोही दिन राती ११ बजे पक्राउ गर्न सफल भएको जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लगीएको छ । मृतक अब्दुल खैर दुईसाता अघिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । आलमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles