बागमतीको बगरमा ढुंगा कुटेर जीवन धान्न बाध्य छोराछोरीले हेरेनन् आमालाई

बागमती,१७ फागुन ।
उमेरले मेटो काटेपनि एक बृद्धाले जीवन धान्न बागमती किनारको साहारा लिनुपरेको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित बागमती नदि किनारमा ७४ वर्षीय महिला बुद्धिमाया“ तामाङ्ले जीवन धान्न गिट्टी ‘छोरा भए बुहारीका धनी, छोरीले नि गरेनन् केही पनि’ भन्दै स—साना ढुंगा फोर्न तल्लिन हु“दै उहा“ बगर गिट्टिी कुटेर जिवन धानिरहेको बताउनुहुन्छ ।
बागमती नदी उकास क्षेत्रमा ढुंगा फोर्दै गिट्टी बिक्री गरेर जीविकोपार्जन गर्दै आउनु भएको छ उहा“ ।
तीन छोरा र चार छोरीकी आमा बुद्धिमाया“संग उहा“को बिरामी श्रीमान् मात्रै हुनुहुन्छ अहिले । बिहान बेलुकाको छाक टार्न ढुंगा कुट्नुको विकल्प छैन उहा“संग । “छोरी ज्वाईंका धनी भए, छोरा बुहारीकी । बुढेसकालको सहारा श्रीमान् समेत बिरामी पर्दा ढुंगा कुटेरै जीवन धान्नु पर्ने बाध्यता छ । ओत लाग्ने सानो झुपडी चैं छ माथिल्लो गाउ“मा । खेति गर्न खेतबारी छैन ।” भन्दै गर्दा उहा“को आ“खाबाट आ“सु छचल्कियो । तै पनि ढुंगा कुट्न छोड्नु भएन ।
पनाती समेत देख्नु भएको उहा“ले दुख परेको बेलामा छोरा छोरी कसैले पनि नहेरेको दुखेसो गर्नु हुँदै छोरा बुहारीले छोडेको पा“च वर्ष भएको बताउनुभयो । बाथ रोगबाट पीडित उहा“को श्रीमान्ले सकि नसकी बिहान खाना बनाएर ढुंगा कुट्ने ठाउ“सम्म ल्याउनु हुन्छ र खाना खाई सकेपछि बगरका स—सना ढुंगा बटुल्न मद्दत गर्नु हुन्छ । कुटेको ढुंगा एक टेलर पु¥याउन १५÷२० दिन लाग्छ । जसको चार हजार रुपिया“ पाइन्छ । त्यही पैसाले बिहान बेलुकाको छाक टार्ने गरेको उहा“ले बताउनुभयो । छाक टार्न नै धौ—धौ परेपछि श्रीमान्को औषधी उपचार गर्न असमर्थ भएको उहा“को गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles