समाजमुखी भएर काम गर्न निल हिरा समाजलाई सरोकारवाला निकायको सुझाव

फागुन १७, रौतहट । । रौतहटको चन्द्रनिगाहपुरमा शनिवार अयोजित सरोकारवालासंगको छलफल कार्यक्रममा समाजमा तेश्रो लिङ्गी प्रति हुने विभेद अन्तय गर्नका लागि दाता भन्दा पनि समाजमा स्थापित हुन जरुरी रहेको औल्याईएको छ । दाता भन्दा पनि समाजमुखी भएर काम गर्न सरोकारवाला निकायले निल हिरा समाज चन्द्रनिगाहपुरलाई सुझाव दिएको छ । समाजमा सकारात्मक सन्देश दिन र विकृतिलाई न्यूनिकरण गर्नका लागि पनि समाजमुखी बन्नु पर्नेमा सरोकारवालाहरुको धारणा छ ा कार्यक्रममा बोल्दै चन्द्रपु्र नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष अमर आले मगरले राज्यका निकायले तेश्रो लिङ्गी प्रति गर्ने व्यवहार सकरात्मक हुनु पर्ने धारणा राख्नुभयो । नेपाली भएर पनि तेश्रो लिङ्गीले नगारिकता नपाउनु दुखद रहेको बताँउदै यस बिषयमा राज्यका निकाय गम्भिर हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिका समाजिक शाखाका सरस्वती खुलाले मानवले मानवलाई सहयोग गर्नु पर्ने बताँउदै तेश्रो लिङ्गी प्रति नगरपालिकाले सकरात्मक व्यवहार गरेको बताउँनुभयो । तेश्रो लिङ्गीको उत्थानका लागि नगरपालिकाले आवश्यक सहयोग र बजेट बिनियोजन गर्ने बताँउदै कार्यपालिका सदस्यलाई समेत समावेश गरेर अन्तरक्रिया कार्यक्रम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा महिला सुरक्षा दवाव समुहका अध्यक्ष देवकी नेपालले अनैतिक , छाडाप्रवृति त्याग गरी समाजमा स्थापित हुन किसिमका कार्य गर्न तेश्रो लिङ्गीलाई आग्रह गर्नुभयो । कार्यक्रममा ईन्सेक प्रतिनिधि कोपिला तिमील्सनाले भावनामा चोट पुग्ने शव्द प्रयोग गर्दा पिडावोध हुने बताउनुभयो । तेश्रो लिङ्गीलाई छक्का, हिजडा जस्ता शव्द प्रयोग नगर्न अनुरोध गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै गुञ्जन एफ एमका स्टेशन मेनेजर संजय कार्कीले लिङ्गका आधारमा हुने बिभेद अन्तय गर्नु पर्ने बताँउदै कसैले कसैलाई लिङ्ग वा जातिय आधारमा विभेद गर्न नहुने बताउनुभयो । तेश्रो लिङ्गी प्रति राज्यका निकायको ध्यान दिनु पर्ने बताँउदै संचारकर्मीबाट हुने सहयोग सदैव हुने बताउनुभयो । कार्यक्रममा मधेश मसाल एफ एमका स्टेशन मेनेजर मनोज चौधरी लगायत उपस्थित भएका व्यतिmले तेश्रो लिङ्गी प्रति समाजको धारणमा सुधार ल्याउनजु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला संयोजक जिना राना, मानवअधिकारकर्मी जुनु चौधरी, सप्तरंङ्गी कार्यालयका बिषासा चौधरी लगायतले तेश्रो लिङ्गी प्रति गरिने व्यवहार, समस्या लगायतका बिषयमा प्रष्ट पारेका थिए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg