३१ बर्षदेखी सुकुम्बासीको लडाई

     ‘न त माननीयले हेरे,न त मेयरले’

चन्द्रपुर,१८ फागुन ।
खानेपानी तथा विद्युतलगायतका सेवा सुविधाबाट वञ्चित रौतहटको एक सुकुमवासी वस्तीका नागरिकले वस्ती स्थानान्तरणको माग राखेका छन् ।
३१ वर्षदेखि पूर्व—पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका लमाहा खण्डमा बसोबास गर्ने सुकुमवासीले हालसम्म उक्त आधारभूत सेवा सुविधा पाउन नसकेपछि वस्ती नै स्थानान्तरणको माग राखेका हुन् ।
पूर्व—पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका लमाहा खण्डमा वसोवास गर्ने १४ घरधुरीका सुकुमवासीले सेवा सुविधा युक्त भएको स्थानमा स्थानान्तरण गरिदिन नगरपालिकामा माग राखेका छन् । राजमार्गसंगै जोडिएको वन क्षेत्रमा बसोबास गर्दै आएका ती सुकुमवासीले व्यवस्थित बसोबास र आधारभूत सेवाको माग गर्दै अनेकौं पटक जनप्रतिनिधिको ध्यानाकर्षण गराएको तर माग प्रति कोही पनि संवेदनशील नबनेको वस्तीकी एकल महिला फूलमायाँ पहरीको गुनासो छ । उहा“का अनुसार जब जब चुनाव आउँछ तब तब सेवा सुविधा उपलब्ध गराउने आश्वासन बाँडिन्छ । चुनाव सकेपछि फर्किएर कोही पनि बस्तीमा आउँदैनन् । समस्या ३१ वर्षदेखि ज्युँका त्यु“ छ ।
राष्ट्रिय वन क्षेत्रमा बसोबास गरेको कारण देखाई डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले कुनै किसिमको सरकारी सुविधा उपलब्ध नगराउन नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । जसले गर्दा वस्ती आधारभूत सेवा सुविधाबाट वञ्चित हु“दै आएको वडा नम्बर ६ का निमित्त वडाध्यक्ष जंगबहादुर धलानको भनाई छ ।
खानेपानीको सुविधा नहुँदा लमाहा खोलाको बगर खोस्रेर निकालिएको धमिलो पानी पिउन बाध्य छन् उनीहरु । पानीको शुद्धता र स्वच्छता बारेमा समेत बेखबर छन् । विद्युत सुविधा नहु“दा हालसम्म टुकी बत्तिकै सहारा लिनु परेको वस्तीका जेष्ठ नागरिक बिर्खे पहरी बताउनु हुन्छ । डेढ दर्जन बालबालिका रहेको उक्त वस्ती विद्यालयको पहु“च भन्दा टाढा छ । किनमेल गर्नको लागि बजार र पठनपाठनको लागि विद्यालय पुग्न ७ किलोमिटरको दुरी पार गर्दै चन्द्रनिगाहपुर धाउनु पर्छ भने १२ किलोमिटर धाएर बाराको निजगढ पुग्नु पर्ने अवस्था छ ।
मकवानपुरको डाङ्डुङे वस्तीबाट २०४४ सालमा विस्थापित भएका उनीहरु लमाहामा आई बसोबास गरेका हुन् । विस्थापित अधिकांशले बसोबासका लागि सरकारद्वारा जमिन प्राप्त गरे ।
तर लमाहावासीले न जमिन पाए न बसोबास स्थलमा सेवा सुविधा नै । वस्तीका सबै सुकुमवासी अर्ध बेरोजगार छन् । वन क्षेत्रको बसोबासले घा“सको समस्या नभएपछि आय आर्जनको लागि गृहणीले बाख्रा पालेका छन् । पुरुष जति समय÷समयमा ज्याला मजदुरी गर्न बाहिरिन्छन् भन्नुहुन्छ स्थानीय कुलबहादुर घलान ।
अभावै अभावले भरिएको उक्त वस्तीका नागरिकले नगरपालिकाका मेयर रामचन्द्र चौधरी, संघीय सांसद् देवप्रसाद तिमल्सिना र प्रदेश सांसद् धनलाल ठोकरसंग खोनेपानी व्यवस्थापन र विद्युत जडानको लागि आग्रह गर्दा बेवास्ता गरेको स्थानीयवासीको आरोप छ । यता डिभिजन वन प्रमुख विनोद सिंहले वन क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न नपाउने प्रावधान रहेको बताउनु हु“दै उक्त वस्ती उक्त स्थानबाट अन्यत्र सार्नु पर्ने सुझाव दिनु भयो । वस्ती जंगली जनावर र डढेलोको उच्च जोखिममा रहेकोले पनि उक्त स्थानबाट सार्न अत्यन्त जरुरी रहेको उहाँले बताउनु भयो । नगरपालिकाका मेयर रामचन्द्र चौधरीले हाल वस्तीमा सेवा सुविधा उपलब्ध गराउने तथा स्थानान्तरण गर्ने कुनै योजना नभएको बताउनु हु“दै उक्त समस्यालाई नगरसभामा राखिने बताउनु भयो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg