१४ बर्षिय बालकद्धारा ७ बर्षिय बालिका बलात्कृत

1186

मुकेश कुमार साह
गुजरा,१८ फागुन ।
रौतहटमा एकजना बालिका बलात्कृत भएकी छिन् । जिल्लाको फतुवा विजयपुर नगरपालिका ११ घर भई हाल गुजरा नगरपालिका १ बस्दै आएकी ७ बर्षिय बालिका बलात्कृत भएकी हुन् । गुजरा नगरपालिका १ कै १४ बर्षिय बालकले बालिकालाई शनिवार सा“झ बलात्कार गरेको आरोपमा बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजरुी दिएकी छिन् । पीडित बालिकालाई आरोपीत बालकले गुजरा १ मा पर्ने बहुवरि साखा नहरमा लगी बलात्कार गर्न लाग्दा बालिका रोएपछि स्थानीय जम्मा भएका थिए । स्थानीयबासिन्दा आउन लागेको थाहा पाएपछि आरोपित बालक फरार भएको पिडितकि आमाले बताईन । पिडित बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनु भयो ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg