होली पर्व नजिकिएसंगै तराई–मधेशमा जोगिराको रौनक शुरू

रौतहट÷होली पर्व नजिकिएसंगै तराई–मधेशका जिल्लामा माधुर्यता र प्रेमभावयुक्त रुपमा गाइने होली गीत जोगिराको रौनक शुरु भएको छ ।
वसन्त ऋतुको आगमनसँगै गाउ“देखि शहरसम्म गाउने गरेको जोगिरा गीतले होली पर्वको आगमन भएको सन्देश प्रवाह गर्ने परम्पराअनुसार जोगिरा गाउन थालिएको हो । तराई मधेशका जिल्लाहरुमा मृदङ तथा डम्फा बजाएर धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, पिरती तथा उन्मुक्ति झल्काउने खालका होली गीत जोगिरा सुनिन थालिएको छ ।
गाउ“देखि शहरसम्म रातिको समयमा सुनिने जोगिरा गीतले होलीको आगमन भएको सन्देश प्रवाह गर्छन् । वसन्त ऋतुको आगमनसंगै फागु पूर्णिमासम्म माधुर्यता र प्रेमभावपूर्ण रुपमा गीत गाइने परम्पराअनुसार जोगिरा गाउन शुरु गरिएको हो । तथापी, उनीहरुलाई बढ्दो आधुनिकता र स्वदेशमा रोजगारी नपाउ“दा तराई मधेशका युवाहरु वैदेशिक रोजगारमा जाने क्रम बढेसँगै समूहमा युवाहरुको अभाव खट्किएको छ भने होलीको परम्परा, संस्कृति र पौराणिकतासँग युवाहरु टाडिदै गएकोले जोगिरा पनि लोप हुने अवस्थामा पुगेको प्रति उनीहरु चिन्ता व्यक्त गर्छन् ।
बा“की युवाहरु पनि रक र रिमिक्सका साथै उच्छृंखल खालका गीतमा रमाउ“न थालेकाले होलीको प्रेमभावपूर्ण पुराना भाकाहरु हराउ“दै गएको उनीहरुको दुखेसो छ । उता, मैथिली साहित्य परिषद्ले भने सांस्कृतिक र धार्मिक दृष्टिकोणले पनि अति महत्वपूर्ण रहेकोले होलीको मौलिकता जोगाउनेतर्फ स्थानीयदेखि संघ सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । मैथिली साहित्य परिषद्का उपाध्यक्ष यादवले धार्मिक तथा सद्भावपूर्ण होली पर्व मनाउन सबैमा आग्रहसमेत गर्नु भएको छ । यस वर्ष तराई मधेशका जिल्लाहरुमा फागुन २७ गते मंगलबार होली पर्व मनाउ“दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles