भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तह नै रित्तो ःगृहमन्त्री बादल

्काठमाण्डौ÷ गृहमन्त्री रामबहादुर थापा बादलले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको बताएका छन् । नेकपा पर्वतले आयोजना गरेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने क्रममा थापाले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको अख्तियारले नै उल्लेख गरेको बताए । नेकपा सचिवालय सदस्य समेत रहेका थापाले स्थानीय तहमा बढेको भ्रष्टाचार प्रति चिन्ता व्यक्त गरे । नीय तहका भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तहनै रित्तो हुने कुरा अख्तियारले नै बताउने गरेको उनले दावी गरे ।
अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ । अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ ।’,उनले भने ।
स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कर्मचारी घुस सहित पक्राउ पर्नुले स्थानीय तहमा भ्रष्टाचारको अवस्था प्रष्ट हुने उनले बताए । केन्द्र तथा स्थानीय तहमा नेकपाको नेतृत्व रहेको हुँदा भ्रष्टाचार रोक्न नेकपाका नेता तथा कार्यकर्ताले उल्लेख्य भूमिका खेल्नुपर्ने उनले बताए ।
यस्तै उनले नेकपाभित्रको गुटबन्दीले क्रान्तिनै असफल हुने जिकिर गरे । पार्टी एकता भएको तीन महिनामा एकतामा सम्पूर्ण कार्य सम्पन्न गर्ने भनिएता पनि दुई वर्ष सम्म सम्पन्न गर्न नसकिएको प्रति पनि उनले चिन्ता व्यक्त गरे । दुई कम्युनिष्ट पार्टी मिलेर एक भएको धेरैलाई चित्त नबुझेको हुँदा अहिले वर्तमान सरकारलाई ढाल्न अनेक प्रयास भैरहेको तर्फ उनले नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गरे । बाहिरिएका केहि प्रकरण र अन्य केही गल्तीका कारण सरकार र नेकपालाई घेराबन्दीमा पार्ने मौकाका अन्य शक्तिले पाइरहेको तर्फ सबैले ध्यान दिनुपर्ने उनको बुझाई छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg