गरुडा नगरपालिकाको चौथो नगरअधिवेशन सम्पन्न

गरुडा,२१ फागुन ।
गरुडा नगरपालिकाको चौथो नगर अधिवेशन सम्पन्न भएको जनाईएको छ । अधिबेशनले गरुडा क्षेत्रको वृहत्तर विकास गर्ने योजनाहरु समेत छनौट गरेको छ । विभिन्न बाधा अबरोधका विच सुरक्षकर्मीहरुको बाक्लो उपस्थितीमा नगरपालिकाको सभाकक्षमा बुधबार चौथो नगर अधिवेशनमा विकास निर्माणको योजनाहरु छनौट गरी अधिवेशन सम्पन्न भएको हो ।
चौथो नगर अधिवेशनको उदघाटन गर्दै प्रदेश २ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गरुडा जस्तो व्यापारिक प्रतिष्ठानहरु भएको नगरपालिकामा सबै दलहरु एकजुट भई विकास निर्माणमा सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
रौतहटको तेश्रो पुरानो नगरपालिकाको रुपमा रहेका गरुडामा जुन स्तरमा विकास हुनुपर्ने हो त्यसो नहु“नाले चिन्ता थपिएको उहा“को भनाई थियो । स्थानीय तहको बजेट र प्रदेश सरकारबाट पाउने बजेटबाट गरुडा नगरपालिकामा बाटो, खानेपानी, शिक्षा स्वास्थ्य, कृषि क्षेत्रमा लगानी गरेर यहा“का जनताहरुलाई समृद्ध बनाउने कार्यमा हातेमालो गरी अघि बढ्न मन्त्री यादबले सुझाउनुभयो । नगरसभामा प्रदेश २ का विकास समितिका सभापति अब्दुल कलाम आजादले विकास निर्माणको प्रचुर सम्भावना बोकेका गरुडा नगरपालिकालाई समृद्ध नगरपालिकाको रुपमा स्थापित गराउन झिना मसिना एवं स्वार्थपूर्ण राजनीति परित्याग गरेर एका जुट भई विकास निर्माणमा जुट्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
पूर्व सांसद बबन सिह, समाजवादी पार्टीका रौतहट इन्चार्ज वृजकिशोर यादव र नगरप्रमुख इन्नुराय यादवले केही व्यक्तिहरुको स्वार्थपूर्ण राजनितिका कारण चौथो नगर परिषदमा ढिलाई भएको स्पष्ट पार्दै हरेक किसिमको विवादको समाधान हुने भएकाले छलफल गरेर आगामी कार्यदिशाा तय गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles