ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु, एक जना गम्भिर घइते

1016

चन्द्रपुर १/फगुन २५

सागर हुमागाई
रौतहटको चन्द्रनिगहपुर बागमति सडक खण्डनमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । चन्द्रपुर १ स्थित जङ्गलमा टायर पम्चर भएर मर्मत गर्न रोकिरहेको माल बाहक ना ६ ख ७०१३ नं को गाडिमा पछाडि बाट ना ६ ख ३८२२ नं को ट्रकले ठक्कर दिदा दुर्घटना भई ना ६ ख ३८२२ को सवारी चालकको ज्यान गएको र एक जना गम्भिर घाईते भएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । धनुषा जिल्ला शहिद नगरपालिका वार्ड न १ का ना ६ ख ३८२२ न को सवारी चालक मनोज कुमार यादवको घटना स्थलमा मृत्यु भएको र सोहि जिल्ला गणेशमान चारनाथ न.पा १ का अर्का चालक श्याम सुन्दर यादवको खÞुट्टा बाचिएको इलाका प्रहरि कार्यलय चन्द्रनिगाहपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक राजन थापाले जानकारी दिनु भयो । मृतक चालकको पोष्ट मार्टमको लागी चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाएको र घाइते उपचरको लागि बिरगंज रेफर गरिएको थपाले बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg