नेपाल भारत सिमानामा कोराना भाइरस लागे नलागेको स्क्रिनिङ्ग

गौर। भारत बाट रौतहटको नाका हुदै नेपाल प्रवेश गरेका पांच हजार भन्दा बढी मानिस लाइ स्वास्थ्य हेल्प डेक्स स्थापनागरी रौतहटमा कोरानेना भाइरस भए नभएको स्क्रिनिङ्ग गरीएको छ ।
रौतहटको गौर नपाको भन्सार क्षेत्र र बौधिमाइ नपाको बंकुल नाका बाट नेपाल प्रवेश गरेका ५ हजार तीन सय जनाको परिक्षण गरीएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायव सुव्वा रामनरेश साहले जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय अन्र्तगतका सवै इकाइहरुले गाउगाउमा सचेतनाका कार्यक्रमहरु आयोजना गरीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले बताएका छन ।


हाटवजार, मेलापर्व, भेला, सभा, कन्सर्ट लगायतका भिडभाड हुने स्थानहरुमा नजान र त्यस्ता कार्यक्रम समेत आयोजना नगर्न अनुरोध गरीएको छ ।
गौर तथा बंकल नाकामा दैनिक १४ देखी १६ घण्टा स्वास्थ्यकर्मीको टोलीले नेपाल भित्रने मानिसको चेकजाच गरीरहेका छन । दुवै शिविरमा एम्वुलेन्स सहित स्वास्थ्यकर्मीहरु शिविर राखिएको छ ।
गौर, बौधीमाइ लगाएत भारतको सिमासंग जोडिएका नगरपालिकाहरुले सचेतनाका कार्यक्रमहरु गर्दै आएका छन । संचारमाध्यम बाट सचेतनाको सुचना प्रशारण , टोलटोलमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको गौर नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles