गुजरा /रौतहटको गुजरा नगरपालिकामा रहेको एनआईसी एसीया बैंकको शाखाले २१० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवशको अवसर पारेर महिलालाई सम्मान गरेको छ । बैकले आफ्नै शाखा कार्यालयमा आदर सम्मान तथा फागुपर्वको शुभकामना आदान प्रदान तथा महिला सम्मान कार्यक्रमको आयोजना गरेर महिलालाई सम्मान गरेको बैंकका शाखा प्रबन्धक सुबोध यादबले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी महिलाहरुलाई दोसल्ला ओडाएर सम्मानित गरिएको यादबले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी महिलाहरुले २१ ऋौंशताब्दीमा पनि महिला अधिकार सम्पन्न हुन नसकेको र तीज,नारी दिवस मनाउँदैमा महिलाहरु अधिकार सम्पन्न हुन नसक्ने धारणा राख्नुभएको थियो ।
गुजरा नगरपािलकाकाी उपमेयर रौशन खातुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्षहरु,वडासदस्यहरु र शिक्षक तथा समाजसेवस्हरुको समेत उपस्थिती रहेको थियो । त्यस्तै बैंकले सोही अवसरमा न्यू सुपर चामत्कारिक निक्षेप योजनाहरु समेत सार्वजनिक गरेको छ । सहभागीहरुले ग्रामीण भेगमा बैंकले पु¥र्याको सेवाका कारण आफुहरुलाई सहज भएकाले बैंकलाई धन्यबाद दिएका थिए ।

बैंकले आफ्ना निक्षेप योजनामा ग्राहकलाई थप फाइदा पस्कँदै न्यू सुपर चामत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ ।
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका सेवा प्रदान गर्दै आइरहेको बैंकले सन् २०२० को अवसर पारेर नयाँ योजना ल्याएको बैंकका सर्भिस म्यानेजर राजकुमार तिमलसिनाले जानकारी दिनुभयो ।
सर्र्वािधक उच्च प्रतिफलको साथमा चामत्कारिक फाइदाहरू समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको व्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम लकर सुविधा देशभर कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चामत्कारिक फाइदासहित बैंकले न्यू सुपर चामत्कारिक निक्षेप योजना सञ्चालनमा ल्याएको हो ।
नयाँ योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने बताए । यो सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्म बीमा सुुविधा, १८ घातक रोगहरू लागेर १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्म औषधि उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

औषधि उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई अझ विशेष सुुविधा दिन बहिरङ्ग उपचारमा २० हजार रुपैयाँसम्म अस्पताल भर्नाबापत ८० हजारसम्मको बीमा सुविधा उपलब्ध हुने तिमलसिनाले जानकारी दिए । बीमा सुविधाबापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटलाई तिर्नेछ ।
ग्राहकले आफू अनुकूल हुने र इच्छाएको रकम बचत गर्नका लागि सिल्भर गोल्ड र डायमण्ड सिरिज गरी ३ प्रकारका बचत योजनाहरू न्यू सुपर चामत्कारिक खातामा प्राप्त गर्न सक्नेछन् ।
तीनै प्रकारका खातामा वार्षिक ६.५ प्रतिशत व्याजदर प्राप्त गर्न पनि सकिन्छ भने डाइमन्ड सिरिजको बचत खातामा अतिविशिष्ट सुविधाबाट लाभान्वित हुनेछन् । खातावालाको जीवन सहज बनाउको लागि घरमै बैंकिङ सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्स एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्धति खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा योजनाले समेटेको छ ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा माथि उल्लेखित सुविधाको अतिरिक्त पृथक स्विप इन स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्धति खाताकै सुविधाहरू पाइने छ । न्यू सुपर चामत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकलाई अधिकतम फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।
यी खाताको अर्को विशेष आकर्षण स्विप इन स्विप आउट सुविधा हो । जसअन्तर्गत बैंकले सुपर चामत्कारिक बचत खातामा २ लाखभन्दा बढी रकम भएमा बढी रकमलाई १० हजारले गुणा गर्ने गरी ३ महिनाका मुद्धति निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशतसम्मको व्याजदर प्राप्त गर्नेछ ।
मुद्धति निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू चामत्कारिक बचत खाता डायमण्ड श्रेणीका ग्राहकलाई स्वतः उपलब्ध गराउने छ । मासिक निक्षेप खाता अन्तर्गत एनआईसी एसिया बैंकका ग्राहकले जम्मा गरेको रकमको ९.७५ प्रतिशतसम्मको व्याजदर प्राप्त गरी मासिक निक्षेपमा टान्सफर गर्न सकिन्छ ।
ग्राहकले आफ्ना खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा टान्सफर गर्ने भनेर बैंकको शाखामा गएर एक पटक निर्देशन दिनुपर्छ । टान्सफर गरिने रकम ५ सयका दरले गुणन गरेर हुन आउने रकम जस्तै ५ सयको १ हजार १५ सय आदिको अनुपातमा तय गर्न सकिन्छ ।
मासिक निक्षेप खाता ३ महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ । ग्राहकले चाहेको समयमा आफैं मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सकिन्छ । बैंकका न्यू सुपर चामत्कारिक बचत खाता, न्यू सुपर चामत्कारिक नारी बचत खाता, न्यू सुपर चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता न्यू सुपर चामत्कारिक बाबुनानी बचत खाता लगायत ३० प्रकारका न्यू चामत्कारिक सुपर निक्षेप योजनासहित खाता रहेका छन् ।