बिभिन्न स्थानका मदिरा बनाउने भट्टी नष्ट

गौर,१ चैत ।
रौतहटमा गैरकानुनी रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ । जिल्लाका बिभिन्न स्थानमा अबैैध रुपमा संचालित दर्जन बढी भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ । ईलाका प्रहरी कार्यालय, राजपुरबाट खटिएको टोलीले राजपुर नगरपालिका वडा नं.५ तेली टोल स्थित संचालनमा रहेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी २ वटा फुटाई कच्चा पदार्थ १५०० लिटर , ड्रम ८ वटा नष्ट गरेको छ भने प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले बौधीमाई नगरपालिका वडा नम्बर ८ सरमुजवाबाट बारा जिल्ला बस्ने दिपेन्द्र यादवले संचालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी फुटाई, कच्चा पदार्थ कच्चा पदार्थ १ हजार लिटर नष्ट गरेको जनाएको छ । त्यस्तै प्रहरीले सोही नगरपालिकाको ९ नम्बर वडास्थित बारा जिल्ला बस्ने अमिरी साहले संचालन गरेको घरेलु मदिरा उत्पादन गर्ने भट्टी, कच्चा पदार्थ ३ सय लिटर , ड्रम र चुल्हा समेत फुटाएको, प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका वडा नं.४ बस्ने विजय साहले अबैध रुपमा संचालन गरेको घरेलु मदिरा बनाउने २ वटा भट्टी फुटाई, कच्चा पदार्थ १ हजार लिटर र तयारी मदिरा ५० लिटर नष्ट गरेको जनाएको छ । बिभिन्न स्थानबाट बरामद कच्चा पदार्थ र तयारी मदिरा बरामद भएकै स्थानमा नष्ट गरिएको र ड्रम सानो ठुलो र सिल्भरको भाँडा १८ वटा समेत बरामद गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles