चन्द्रपुरको होटलहरुमा अनुगमन

गौतम र आरोही दुई तारे पर्न सफल

सागर हुमागाई
चन्द्रपुर,०३ चैत्र ÷ रौतहटमा व्यापक रुपमा होटल तथा बजार अनुगमन नभएको गुनासो आइरहेको अवस्थामा खाद्य तथा गुण निन्यन्त्रण कार्यालय प्रदेश नं. २ कार्यालय जनकपुरको पहलमा आइतवार रौतहटको चन्द्रपुरस्थित रहेको विभिन्न होटलहरुको अनुगमन तथा स्तरीकरण गरिएको छ ।

चन्द्रपुर नगरपालिकाका उपमेयर रामरती चौधरीको संयोजकत्तवमा, उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरे,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि, इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रतिनिधि, संचारकर्मी सुब्बा कार्की, सागर हुमागाई, रुपेन्द्र पटेल लगायतको उपस्थितिमा अनुगमन तथा स्तरीकरण गरिएको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी,रौतहट होटल व्यवसायी संघका महासचिव मदन बहादुर तिमल्सिना लगायतको उपस्थितिमा करीव १५ वटा होटलको अनुगमन गरिएको थियो । सो अवसरमा चन्द्रपुरमा रहेको २ वटा होटलमा २ स्टारको स्तरीकरण गरिएको छ

। होटल गौतम तथा आरोही होटलले २ स्टार प्राप्त गरेका छन् भने करीव ५ वटा होटलले एक स्टार प्राप्त गरेका छन् । जसमध्ये ए.एन.प्लाजा, आर.आर.गेष्ट हाउस, हिमालयन गेष्ट हाउस, न्यू सुदर्शन होटल लगायतका रहेका छन् भने सामान्य रुपमा अमन होटल, माउण्ट एरिबा,सम्झना, नमस्ते फुडल्याण्ड लगायत रहेको होटल व्यवसायी संघ रौतहटका महासचिव तथा हाइवे हेभेनका संचालक मदन बहादुर तिमल्शिनाले जानकारी दिनु भयो । अनुगमनको अवसरमा सहभागीले बजारमा समय समयमा हुने अनुगमनले बजारले स्तरीकरण गर्न सफल हुने र उनीहरुको स्वास्थ्य तथा बजारको अवस्थालाई सजिलै आप्mनो अनुकुल हुने बताउनुभयो । यस्तै उपभोत्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमीरेले बारम्बार रौतहटको बजारमा हुने अनुयिमतता नियत्रण बारेम अव सवै एकजुट हुनपर्नेमा जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles