नाम मात्र को दमकल

चंद्रपुर/ बिस्तारै गर्मियाम सुरु हुन थालेको छ । यो मौसम सुख्खा मौसम हो । बिभिन्न ठाउमा आगलागीका खबरहरु आउन थालेका छन ।
बिशेष गरी तराई क्षेत्रमा हुने आगलागीको घटनामा ठुलो भौतिक क्षेतीका साथै मानविय क्षति हुने गरेको खबर हरेक बर्ष खबरहरु सार्बजनिक भैराख्छन । रौतहटमा पनी आगलागीका घटनाहरु भएका खबरहरु प्राप्त हुन थालेका छन । सुख्खा मौसममा हावाहुरी बढि लाग्ने हुदा यस्ता आगलागीका घटनाहरु बढि हुने गर्दछन ।
शनिवार बिहान करिब ८ बजे तिर चंद्रपुर नगरपालिका-२ जुडिबेलामा रहेको एक फर्ममा आगलागी भयो । स्थानीय नवराज उप्रेतीको काशी गाई फर्ममा लाखौको क्षति भयो । फर्ममा आगो लाग्ने बित्तिकै स्थानीयले प्रहरी र चंद्रपुर नगरपालिकामा खवर गरे । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी पुगे । आगो लागेको १ घण्टा पछि साइरन बजाउँदै चंद्रपुर नगरपालिकाको दमकल पुग्यो । तव सम्म फर्म पूर्ण रुपमा जलेर नष्ट भईसकेको थियो । बिद्युत सर्ट भएपछि आगलागी शुरु भएको फर्मका सञ्चालक उप्रेतीले बताए । ‘दमकल समयमै नआएका कारण ठुलो क्षति भयो, घरमा रहेको खाधान्न सामान जल्ने थिएन ।सञ्चालक उप्रेतीले भने, ‘दमकल सबै जलेर नष्ट भएपछि आयो के गर्ने ।’ सानो गाई तथा भैंसी फर्म दर्ता गरि खेती किसानी गर्दै १० जना परिवारको गुजारा चलाइ रहेका नवराजको परिवारमा अब बालबच्चाको पढाई र परिवारलाई कसरी पालन पोषण गर्ने भन्ने ठुलो समस्या परेको छ। चंद्रपुर नगरपालिकाले केही वर्ष अघि लाखौ रुपियाँ खर्चेर ल्याएको अत्यावश्यक साधन दमकल तथा अत्यावश्यक सुरक्षा सामग्रीको व्यवस्थापन नहुँदा घरमा लागेको आगोले विपद्को रुप लिने गरेको छ l चंद्रपुर नगरपलिका वडा न ६ मा चैत्र ११ गते एक घरमा आगलागी हुँदा लाखौको क्षती भएको थियो । त्यहा पनि दमकल आईपुग्दा घर खरानीमा परिणत भईसकेको थियो । आगलागी हुना साथ नगरपालिकामा दमकलका लागि फोन गरेपनि ४५ मिनेट पछि मात्र दमकल आगो लागेको स्थानमा पुगेको थियो । दमकल राख्ने स्थान नगरपालिका भएपनि नगरप्रमुख रामचन्द्र चौधरीको घरमा राखिएको थियो । मेयर चौधरीको घरवाट चंद्रपुर बजारको दुरी ३ किलोमिटर छ पैदलबाट पनि १५-२० मिनेटमै मजाले पुग्न सकिन्छ । तर पनि दमकल समयमा आईपुगेन । यसै गरी केहि महिना अगाडी चंद्रपुर नगरपालिका -५ चिडियादहमा पनि आगलागी हुँदा पनि नगरपालिकाको दमकल १ घण्टा पछी मात्र पुगेको थियो । यसरी नगरपालीकाको हेलचक्राईको कारण लाखौको क्षति बेहर्नु परेको अग्नि पिडितलाई नगरपालिकाले कुनै राहात प्रदान गरेको छैन । यता नगरपालिकाको दमकल ढिलो पुग्दा सामाजिक संजालमा अनेक टिका- टिप्पणी हुन् थालेको छ । चंद्रपुर नगरपालिकाको बेवास्थाका कारण दमकल ढिलो पुग्ने गरेको स्थानीय बुद्धिजीविको भनाई समेत रहेको छ । दमकल तयारी अवस्थामा नराख्दा घर जलेर नष्ट हुने गरेको छ ।आगो लागेको खबर गरेपछि मात्र नगरपालिकाको दमकलमा पानी भरिन्छ र आगोले घर सखाप पारेपछि मात्र घटना स्थलमा पुग्छ दमकल । दमकलले आगो लागेका बेला रमिता देखाउँछ । नगरपालिकाका मेयरको लापरवाही र दमकल चालक दक्ष नहुँदा समयमा घटना स्थल नपुग्ने समस्याले क्षति बेहोर्न परेको पिडितहरुको भनाइ छ । यस बिषयमा जनप्रतिनिधिहरु जानकार हुँदा-हुँदै पनि मुखदर्शक भएर बसेको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles