रौतहट ३१ बैसाख
रौतहटको चन्द्रपुर २ मा चार कोठे पक्की प्रहरी चौकी भवन निमार्ण हुने भएको छ । अस्थायी प्रहरी पोष्ट जुडिवेलाको आफ्नो भवन नभएको हुदाँ उनीहरु चन्द्रपुर नगरपालिका वडा नं २ स्थित सामाुदायिक बन समितीको भवनमा बस्दै आएका हुन ।
इलाका प्रहरी कार्यालयको सहकार्यमा जोगिटोलमा रहेको कामोधिनु दुध उत्पादन सहकारी संस्थाको नाममा रहेको १० धुर नम्वरी र १० धुर ऐलानी गरी जम्मा १ कठ्ठा क्षेत्रफलमा ४ चार कोठाको पक्की भवन निर्माण हुन लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर साहिले जानकारी दिनु भयो ।
बैसाख २९ गते चन्द्रपुर २ का वडा अध्यक्ष दु्रत बहादुर थिङ र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहिले शिलान्यास गरेका हुन्।
जनताको सुरक्षमा खटिने प्रहरीको आफनै भवन बनाउन पाउदा शाहिले खुशी ब्यक्त गरे ।


