लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिनेछ राष्ट्रपति

काठमाडौं, जेठ २
राष्ट्रपति विद्यादवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिने बताएकी छन्।
सरकारको आर्थिक वर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गरिने बताइन्।
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो। यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्,‘ लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिनेछ।’
पछिल्लो समय भारतीय पक्षले कालापानी क्षेत्रको नेपाली भूमिमा सडक बनाएपछि नेपालमा चर्को विरोध भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles