रौतहटमा १० जनामा कोरोनाको पुष्टि , सन्क्रमितको संख्या २९१ पुग्यो


रौतहट,४ जेठ

नेपालमा कोरोना सन्क्रमितको संख्या २९१ पुगेको छ। एका बिहानै १० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छ्न ।

डा.अधिकारीका अनुसार सन्क्रमित हुनेमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ स्थिति १८,३२,३६,३९,३९,४२ र ४८ उमेरका पुरुषहरु र रौतहटकै इशनाथ नगरपालिकामा २८, ३० र ३३ वर्षका पुरुषहरुमा लागेर १० जनामा कोरोनाको पुष्टि भएको डा।अधिकारीले बताए।उनिहरुको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको डा।अधिकारीले बताएका छ्न।

रौतहटका प्रमुख जिल्ला अघिकारी वासुदेव घिमिरेका अनुसार भारतको विभिन्न सहरबाट आएका मजदुरहरु नेपाल प्रवेश गर्न लाग्दा नाकमै नियन्त्रणमा लिएर स्वाव लिएर क्वारिन्टिनमा राखेको बताए। उनी घर परिवार र अन्य सम्पर्कमा नरहेको उनले बताए।

रौतहटमा यस भन्दा अघि तिन जनामा कोरोना देखीएको थियो । अहिलेसम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या ३६ पुगेको छ। कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles