०४ जेठ
काठमाडौं लकडाउनको बारेमा छलफल गर्न आज साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। यस अगाडि सरकारले विश्वव्यापी महामारी कोरोना ९कोभिड–१९० भाइरस संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन सोमबार अर्थात जेठ ५ गते सकिदै छ।
लकडाउनको निरन्तरता र मोडालिटिबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक पनि आइतबार दिउँसो बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ स् ३० बजे बैठक बोलाइएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिए।
उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमाकोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनको आगामी स्वरुपबारे छलफल तथा समीक्षा हुने छ।
सरकारले पछिल्लोपटक थपेको संक्रमणको जोखिम कायमै रहेकोले आजको कोरोना भाइरस ९कोभिड(१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मन्त्रिपरिषद् बैठकलाई लकडाउन थप्न सुझाव दिने उच्चस्तरीय समितिका एक सदस्यले जानकारी दिए।
मन्त्रीपरिषद्को बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।
सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसैगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो। पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरिएको हो।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९१ जना पुगेको छ भने एक सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको छ।
साभर ः अन्नपुर्ण पोष्ट


