विदेशी बुहारीलाई नागरिकता : नेकपाको यस्तो निर्णय

असार ६ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीे (नेकपा)ले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकबारे टुंगो लगाएको छ। शनिबार बिहान बसेको नेकपा सचिवालय बैठकले विधयेकमा विवादको विषय बनेको विहे गरी आउने विदेशी महिलालाई नागरिकता दिनेबारे निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकपछि सञ्चारकर्मीमाझ बोल्दै श्रेष्ठले जानकारी दिए अनुसार विहे गरी आउने विदेशी महिलाको हकमा सात वर्ष नेपालमा बसोबास गरेपछि अंगीकृत नागरिकता दिने व्यवस्था गरी विधेयक अगाडी बढाउने निर्णय भएको छ।

नागरिकता पाउनका लागि अर्काे देशको देशको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई त्याग्न प्रकृया चलाएको प्रमाण पेश गर्नु पर्ने गरी व्यवस्था गर्ने निर्णयमा सहमति भएको श्रेष्ठले जानकारी दिए।

उनीहरुले विवाह गरेर आएको दिनदेखिनै सामाजकि र आर्थिक अधिकार प्राप्त गर्ने गरी आवसीय प्रमाण पत्र दिन कुरा भने विध्येकमा सर्वसम्मत नै रहेको श्रेष्ठको भनाइ छ ।

बैठकमा एमसीसी तथा स्थाथी कमिटी बैठक डाक्नेबारे कुनै छलफल नभएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles