लागुऔषध गाँजा सहित २ पक्राउ

चन्द्रपुर,८ असार । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔसध गाजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर न.पा.वडा नं.१ पौराही बस्ने वर्ष २१ को उमेश राना मगर र एक नाबालक रहेका छन । आइतबार साझ चन्द्रपुर न.पा.वडा नं.५ चन्द्रपुर सरकारी अस्पताल जाने भित्री सडक खण्डबाट बा ६४ प ७३८१ नम्बर को पल्सर मोटरसाइकलमा उनीहरु सवार रहेको र उनिहरुले बोकेको हरियो रंगको जेब्रा झोला भित्र दुईवटा पोकामा लुकाएर लैजाने क्रममा ९ किलो ३०० ग्राम लागुऔषध गाँजा बरामद भयको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिनुभयो ।पक्राउ परेका दुबै सङ सोधपुछ भइरहेको र कानुन बमोजिम थप अनुसन्धान कार्य भईरहेको डिएसपि शाहिले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles