चन्द्रपुर । राष्ट्रिय बणिज्य बैंकले सशस्त्र प्रहरीलाई बर्षाती सहयोग गरेको छ । बैंकको रौतहटस्थित तीनवटै शाखा कर्यलय गौर, गरुडा र चन्द्रपुरको संयुक्त पहलमा CSR अन्तर्गत केही थान रैनकोट (बर्षाती) प्रदान गरिएको चन्द्रपुर साखाका प्रमुख मणिराज बिश्वकर्माले जानकारी दिनुभयो । बर्षातको समयमा काम गर्न सहज होस भन्ने उद्देश्यले सशस्त्र प्रहरीलाई बर्शाती सहयोग गरिएको प्रमुख बिकले बताउनुभयो ।


