रौतहट २ साउन
रौतहटको चन्द्रपुर—६ स्थित एन्फा एकेडेमी क्वारेन्टाइलमा रहेका नागरिकहरुलाई निजानन्दधाम नजरपुरका धर्मगुरुले खाजा बितरण गरेका छन ।
आज साउने संक्रान्तिको अवसर पारेर उक्त क्वारेनटाइनका कोरोना संक्रमित आशांका रहेका २७ जनालाई निजानन्द धामले ७ दिनसम्म निरन्तर रुपमा खाजा खुवाउने कार्याक्रमा रहेको निजानन्द धामका सुरेन्द्र दाहालले जानकारी दिनु भएको छ । संक्रान्तिको समयमा पनि आफ्ना परिवारसंग बसेर खाना नपाएका उनीहरुले अब ७ दिनसम्म खाजा खान पाउने भएका छन । क्वारेनटाइनमा बसेका उनीहरु विभिन्न देशमा रोजगारीको सिलसिलामा गएकाहरुमध्ये २७ जना रहेका छन । निजानन्द धाम नजरपुरले ७ दिनसम्म आफुहरुलाई खाजाको ब्यबस्था मिलाएकोमा क्वारेनटाइनमा बसेकाहरुले खुशी ब्यक्त गरेका छन ।


