पूर्वडीआईजी कोइरालाको कैद घटाउने फैसलामा भोलि सुनुवाई हुने

काठमाण्डौ,१० श्रावण । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने फैसलामा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आईतबार सुनुवाई हुने भएको छ । यो मुद्दाको पुनरावलोकन सम्बन्धी पूरक निवेदन आईतबार पेशीमा चढ्ने सर्वाेच्च अदालतले स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला उपर परेको पुनरावलोकन निवेदनमा अब तीन जना न्यायाधीशबाट सुनुवाई हुनेछ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ । यो मुद्दाको पेशी कुन न्यायाधीशको बेञ्चमा चढ्छ भन्ने भोली बिहान मात्रै टुंगो लाग्ने छ । प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले यो पुनरावलोकन मुद्दाको पेशी र ईजलास दुवै उहाँले तोक्न भने मिल्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles