चंद्रपुर,१० साउन। रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देब प्रसद तिमलसिनाले जननायक वीपी कोईरालाको मार्गदर्शन अनुसार कांग्रेस अगाडी बढ्नुपर्ने बताउनु भएको छ । सनिबार चन्द्रपुर ६ बेल्टि स्थित गुप्तेस्वर महादेव मन्दिरको प्राङ्गणमा वीपीको तस्बिरमा माल्याअर्पन तथा बृक्षारोपण गर्दै उहाँले वीपीको विचार र मागनिर्देशन अनुसार कांग्रेस अगाडी बढे फेरी देशको ठुलो पाटी बन्ने बताउनुभयो । उहाँले आम काङग्रेस कार्यकर्ताहरुले वीपीको सिद्धान्त अबलम्बन गर्नुपर्ने आबश्यकता औल्याउनुभयो । कार्यक्रममा प्रदेश सांसद धनलाल थोकरले बिपिले कोरेका बाटोमा काङग्रेस कार्यकर्ताहरु हिडन नसक्दा राजनितिमा तेस्रो पाटि हुन पुगेको टिप्पणी गर्नुभयो । चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले काङग्रेस फुटेर होइन जुटेर अगाडि बढनुपर्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा चन्द्रपुर नगरसमितीका पदाधिकारीहरु, प्रदेश २ का सभापती, तरुण दलका पदाधिकारीहरुका साथै महासमितीका पदाधिकारीहरु लगायत स्थानिय पार्टीका क्रियासिल सदस्यहरुको सहभागिता रहेको थियो ।


