दिपक कुमार
साउन,१६ रौतहट ।
प्रहरी उपरीक्षकको आखा छली सिमाक्षेत्रका प्रहरी ईन्चार्जको मिलोमतोमा गाई गोरु र भैसिको तस्करी भइरहेको सूचनाको अधारमा ठुलो मात्रामा ट्रकमा लोड गरिएको भैंसी जफत गरि गौर भन्सार चलान गरिएको छ ।
नेपाल भारत सिमा सिल भएको अवस्थामा पनि तस्करहरुको जमातले रातीको समयमा भारतीय बजारबाट ३५ वटा भैंसी ट्रकमा लोड गरि लाग्दै गरेको अवस्थामा रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले नियत्रणमा लिई भन्सार चलान गर्नमा सफलता हासिल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कोभिड—१९को प्रकोप बढेको समय देखि नै नेपाल भारत सिमा बन्द रहेको अवस्थामा पनि रातीको समयमा तस्करहरुले सिमाक्षेत्रका केही युनिट ईन्चार्जलाई मिलाएर आफ्नो अबैध धन्दा सन्चालन गर्दै आएका थिए । तस्करी भैइरहेको सूचना प्रहरी प्रमुख रबिराज खड्कालाई प्राप्त भएपछि विशेष प्रहरीको टोलि गस्तीमा पठाएर करिब दुई लाख पचास हजार बराबरको भैंसी जफत गरिएको हो ।
प्रहरी उपरीक्षक खड्काले जिल्लामा गलत काम कार्वाही पुर्ण रूपमा निषेध पार्न जिल्लाका सम्पुर्ण युनिट इन्चार्जलाई काडाईका साथ लाग्नु पर्ने आदेश दिदै गलत कार्यमा सहभागी हुने लाई तत्कालै निलम्बन या बर्खास्त गर्ने चेतावनी दिनु भएको छ ।


