माक्स नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत भयो रौतहटको स्थानीय प्रशासन

रौतहट, १६ साउन । नेपाल सरकारले लकडाउन खोलेस“गै रौतहटका बजार, सार्वजनिक स्थल तथा कार्यालयहरुमा मानिसहरुको भिडभाड देखिन थालेको छ । भिडभाड बढेस“गै कोरोना संक्रमणको जोखिम पनि उच्च भएको छ । कोरोना संक्रमणको जोखिम उच्च भएपनि रौहटका अधिकांश मानिसहरु मास्क नै नलगाइकन सार्वजनिक स्थलहरुमा हिड्न थालेपछि संक्रमणको जोखिम झनै बढेर गएको छ । यसै जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मास्क नलगाउने प्रति कडा रवैया अपनाउन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले सुचनानै जारी गरेर सार्वजनिक स्थालहरुमा मास्क नलाउनेहरुलाई रु. १०० जरिवान गर्ने र अझै अटेर गर्नेहरुलाई संक्रामण रोग ऐन २०२० अन्र्तगत कारवाही गर्ने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सर्वसाधरणहरु मास्न नलगाइकन सार्वजनिक स्थानहरुमा हिडडुल गर्ने क्रम बढेकाले यसबाट हुनसक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यो नियम लगाइएको स्पष्ट पार्नुभयो ।
घिमिरेले मास्क नलगाई सार्वजनिक स्थानमा हिड्दा अरुको संक्रमण आफुलाई र आफ्नो संक्रमण अरुलाई सर्ने जोखिम अत्याधिक रहेकाले कोरोनाको संक्रमण कम गर्न सबैले बुझेर मास्क लगाउनु पर्नेमा त्यसो नगरेकाले चेतावनी तथा जनचेतना स्वरुप कारवाही एवम् जरीवाना लिन सुरु गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार प्रहरीले चेकिङ्ग बढाएको छ । जिल्लाका विभिन्न व्यस्त बजार तथा राजमार्गहरुमा सर्वसाधरण एवम् सवारीसाधनहरुलाई चेक गर्ने र मास्क नलगाएको पाइएमा जनचेतना फैलाउनुका साथै सय रुपैयाँ जरिवाना पनि काट्ने गरेको छ ।
जिल्लामा बिहीबारसम्म १ सय ६८ जनालाई मास्क नलगाइएको स्वरुप जरिवाना गराइएको एवम् १ हजार ६२ जनालाई सम्झाइबुझाइ मास्क वितरण गरेर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।
रौतहट जिल्ला कोरोना संक्रमितको संख्याको आधारमा देशकै पहिलो स्थानमा रहेकाले यहा“ संक्रमणको जोखिम अलि बढि भएकाले मास्कमा कडाइ गरिएको उहाँको भनाइ छ । उहाँले आगामि दिनहरुमा मास्क नलगाउनेहरु प्रति प्रहरीले झन कडा रवैया अपनाउने चेतावनी पनि दिनुभयो ।
स्थानीय प्रशासन र प्रहरीको यो कार्यप्रति सर्वसाधरणले समर्थन जनाउ“दै आफ्नो सुरक्षाको लागि भएपनि मास्क लगाउनुपर्ने बताएका छन् । मास्कले कोरोना संक्रमणको जोखिमलाई निकै कम गर्ने भएकाले आफुलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन अनिवार्य मास्क लगाउनु पर्ने स्थानीय युवा सुजन तिमल्सिना बताउनुहुन्छ । मानिसहरुले आफुले बुझेर लगाउनु पर्नेमा स्थानिय प्रशासन र प्रहरीले चालेको यो कदम निकै सराहनिय रहेको उहाँको भनाइ छ ।
रौतहट जिल्लामा बिहीबारसम्म १ हजार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोमा १ हजार ३१९ जना निको भएर घर फर्किसकेका छन् । अब ७ जना मात्र संक्रमित निको हुन बा“की रहेको अवस्थामा लकडाउन खुकुलो पारिएस“गै देखिएको अनावश्यक भीड, कायम नगरिएको सामाजिक दुरी र मास्क नलगाउने बानीले समुदायमा संक्रमण फैलिएर पहिलेको भन्दा नराम्रो अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता स्थानीयमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles