कोरोनाबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे क्यानले सनिवार अन्तरक्रिया गर्दै

रौतहट ।कोरोनाबाट जोगिन अपनाउनुपर्ने सतर्कताबारे अन्तरक्रिया हुने भएको छ । क्यान महासंघको प्रदेश तथा जिल्ला सामाजिक गतिविधि कमिटीको आयोजनामा यहि १७ गते सनिबार कोरोना भाइरस संक्रमणको महामारीको समयमा कार्यालय तथा घरमा अपनाउनुपर्ने सुरक्षा तथा सतर्कता बारे एक दिने अन्तरक्रिया हुने भएको हो ।
कोरोना भाइरसको महामारीका कारण नेपालसहित विश्वभरी लगाइएको निषेधाज्ञा र लकडाउन खुकुलो भएर सर्वसाधारण आफ्नो नियमित काममा फर्किरहेको अवस्थालाई मधयनजर गर्दै संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न क्यान महासंघ प्रदेश तथा जिल्ला सामाजिक गतिविधि कमिटीले कार्यक्रम आयोजना गर्न लागको हो । १ हजारभन्दा बढीले सहभागिता जनाउने उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुबाट मान्यता प्राप्त विज्ञको टोटीले अभुमुखीकरण गर्ने कमिटीका संयोजक भुपाल दास श्रेष्ठले बताए ।
कायर्कममा क्रिटिकल केयर र संक्रामक रोगबारे डाक्टर प्रभात अधिकारी र मनमोहन अस्पतालकी संक्रमण नियन्त्रण इन्चार्ज समीक्षा कोइराला वक्ता छन् । श्रेष्ठका अनुसार कार्यक्रम कोरोना भाइरस महामारीको समयमा पनि आफ्नो कार्यालय र घरमा काम गर्ने बेला अपनाउनुपर्ने सुरक्षा र सतर्कताका बारेमा केन्द्रित हुनेछ ।
’विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य निकायले समेत कोरोनाको अन्त्य कहिल्यै नहुन सक्ने संकेत दिएपछि सर्वसाधारणले कोरोनासँगै जीवन बिताउने सोच बनाउँदै अगाडि बढ्न थालेका छन्,’ श्रेष्ठले भने, ।
यता, नेपाल लगायत संसारका अन्य मुलुकले लामो समयदेखि लागु गरेर राखेको निषेधाज्ञा र लकडाउनलाई समेत खुकुलो पारेका छन् । यस्तो समयमा आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनी अन्तरक्रिया गर्न लागिएको हो ।
धेरै व्यक्तिसँग दैनिक सम्पर्क गरेर काम गर्नुपर्ने व्यक्तिहरुका लागि यो अन्तरक्रिया महत्वपूर्ण हुने विश्वास उनले व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles