फागुन ७ र ८ गते चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिता हुने


रौतहट,फागुन १
रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। चन्द्रपुर नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा हुने प्रतियोगितामा हरेक जिल्ला छनौट हुदै प्रदेश छनौट भएर आएका पुरुष कराते खेलाडीहरुको सहभागिता रहने नेपाल सितोरियो कराते संघ रौतहटका काषाध्यक्ष भिम पहरीले जानकारी दिनुभएको छ।

सातै प्रदेशका सात टिम र आयोजक टिमका खेलाडीले प्रतियोगितामा खेल्ने उँहाले बताउनुभयो ।पुरुष २५,३०,३५,४०,४५,५०,५५,६०,६५ किलो तौल समुह र एकल काताको खेल हुने छ । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३ हजार दोस्रो हुने नगद २ हजार र तेस्रो हुने खेलाडीले नगद एक एक हजार प्राप्त गर्ने छन् । हरेक तौल समुहमा प्रथम ,द्धितिय र तृतिय हुने खेलाडीले नगद पुरस्कर ,मेडल तथा प्रमाणपत्र पाउने छन् ।प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक नेपाल सितोरियो कराँते संघ चन्द्रपुर रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles