बालबालिकाको सर्वाङ्गिण विकासका लागि ३ दिने तालिम सम्पन्न

जनजागरण युवा क्लब कलैयाको आयोजनामा बालबालिकाको सर्वाङ्गिण विकासका लागि ३ दिने तालिम सम्पन्न भएको छ । खेल विधिद्वारा बालबालिकाको सम्पूर्ण विकास र उपलब्धीमुलक सिकाइ गराउनका लागि बिकास र सिकाईका लागि बालविकास सहजकर्ता र पुर्व प्राथमिक शिक्षकहरुका लागि आयोजना गरिएको सो तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि गढीमाइ नगरपालिकाका नगरप्रमुख श्याम प्रसाद यादवले सबै सरोकारवाला निकाय, संस्था र व्यक्तिहरु एकजुट भएर लाग्ने हो भने शिक्षामा देशैभर पुछारमा रहेको रौतहट जिल्लालाई माथि पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालय शिक्षाको मेरुदण्डको रुपमा रहेको पूर्व–प्राथामिक तहलाई समय र प्रविधिको विकाससँगै समयसापेक्ष परिवर्तन गर्न यस्ता तालिमहरुले मद्धत गर्ने भन्दै आयोजक संस्थालाई सहकार्यको लागि धन्यवाद दिनुभयो ।


कार्यक्रममा संस्थाका अध्यक्ष भैयाराम यादवले सहभागीहरुले तालिममा सिकेको कुराहरुलाई आ–आफ्नो विद्यालयमा गएर व्यवहारमा लागू गर्नसके बालबालिकाको सिकाइमा सकारात्मक परिवर्तन हुने भन्दै सो संस्थाले रौतहटको शिक्षाको विकासमा स्थानिय तहहरुसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको होटल आरोहीको सभाहलमा माघ २९ गते देखी सुरु भएको सो तालिममा गढीमाई नगरपालिका र गौर नगरपालिकाका ५÷५ वटा बिद्यालयका २÷२ जना गरि २० जना बालबिकास सहजकर्ता एवम पुर्व प्राथमिक शिक्षकहरु सहभागी रहेको संस्थाका कार्यक्रम ब्यवस्थापक मनोज यादवले जानकारी दिनुभयो । सानू आमात्य , झल कुमारी कार्की तथा यदुवन दहालले सहजीकरण गर्नुभएको सो तालिम भिएसओ नेपालको साझेदारीमा जन जागरण युवा क्लब, बाराले ‘अर्ली ग्रेड क्वालीटी इप्रुभमेन्ट’ परियोजना अन्र्तगत संचालन गरिएको यादवले बताउनुभयो । तालिममा सहभागीहरुले आफुहरुले तालिममा धेरै राम्रा तथा नयाँ कुराहरु सिकेको बताउँदै तालिमका सिकेका कुराहरुलाई आफु कार्यरत विद्यालयमा प्रभावकारी ढंगले लागू गर्ने प्रतिवद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles