रौतहट । रौतहट सदरमुकाम गौरमा नेपाली काग्रेंसका नेता कार्यकर्ताले जुलुस प्रर्दशन गरेको छन । प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमका विरोधमा सोमबार गौरमा बिरोध प्रदर्शन गरेका हुन । राइसमिलबाट शुरु भएको जुलुसले नगरपरिक्रमा गर्दै प्रधानमन्त्री ओलीको कदमका विरोधमा चर्को नारावाजी सहित बिरोध प्रदर्शन गरेका छन । कार्यक्रममा रौतहट क्षेत्र नं. ४ का निबर्तमान सासंद देव प्रसाद तिमल्सीनाले प्रधानमन्त्री ओलिको घमण्डका कारण देश र जनताले दुख पाएको बताए । नेता तिमल्सीनाले प्रधानमन्त्रीले संविधान माथि कुठाराघात गरेर अधिनायकवाद लाद्दै सत्त कब्जा गर्न खोजेको आरोप लगाए । सरकारको गैरसंवैधानिक कामको फैसला अब अदालतले गर्ने भएकोले ३ करोड जनताले न्यायलय तर्फ हेरिरहेको बताउँदै देश र संविधानको रक्षाका लागी काग्रेंसले आन्दोलन गरिरहेको उनले स्पष्ट पारे । वृहद बिरोध प्रर्दशनमा काग्रेंसका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनःस्थापनाको माग सहित गरे ।


