रामनवमीको अवसरमा प्रधान परिवार द्वारा मूर्ती स्थापना

रौतहट ८,बैशाख
रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा रामनवमिको अवसरमा मूर्ती स्थापना गरिएको छ। गुजरा ३ जंगलसहिया निवासी प्रधान परिवारले रामजानकी मन्दिरमा ४ वोटा मूर्ती स्थापना गरेको हो। प्रधान परिवारले सो मन्दिरमा राम,सीता, लक्ष्मन लगायत हनुमानको मूर्ती विधि पुर्बक राखिएको छ। प्रधान परिवारका मूल व्यक्ति स्वर्गीय गुण बहादुर प्रधानले स्थानिय बासिन्दालाई गर्नु भएको प्रतिबद्धता अनुसार सो मूर्तीहरु राखिएको उनका छोरा इश्वर प्रधान (तुला) ले बताए ।
स्वर्गीय गुण बहादुर प्रधानले देवाही गोनाही नगरपालिका ५ टिकुलियामा बर्षौ पहिले रामजानकी मन्दिर स्थापना गरेका थिए । प्रधानकै जग्गामा रहेको सो मन्दिर ५ कठामा अवस्थित छ । मूर्ती स्थापना भएपछी स्थानीयवासीले खुसि हुँदै प्रधान परिवारलाई धन्यवाद व्यक्त गरेका छन् । प्रधान परिवार पहिला टिकुलिया का स्थानीयवासी थिए पछि उनीहरु साविकको कनकपुर ६ मा बसाई सरेका हुन् । प्रधान परिवार विभिन्न समयमा धार्मिक तथा सामजिक काममा सक्रिय रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles