रौतहट २२,बैशाख
रौतहटमा दोस्रो चरणको कोरोना संक्रमितको संख्या २१५ पुगेको छ। बुधबार २७ जनामा कोरोना संक्रमित भए संगै कोरोना संक्रमितको संख्या २१५ पुगेको हो । वैशाखको १ गते देखि बुधबार २२ गतेसम्म रौतहटमा गरिएको परिक्षणमा कोरोना संक्रमणको संख्या २१५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । रौतहटको गौरस्थित अस्पतालमा मात्र पिसिआर परिक्षण गरिएका परिक्षणमा २१५ जनामा कोरोना पुष्टि भएको छ । रौतहटका नागरिकहरुको जनकपुर , सर्लाही तथा विरगंजमा समेत परिक्षण गराइएको छ । अन्य जिल्लामा परिक्षण गरिएका रौतहटका नागरिक संक्रमित भएको पाइएको छ । बुधबार गौरमा गरिएको परिक्षणको रिपोर्ट अनुसार गौरमा ४, गरुडा २, फतुवा विजयपुर ३, चन्द्रपुरमा १२ , दुर्गा भगवतीमा १, परोहा २ , कटहरियामा १ , राजदेवी १ , र अन्य जिल्लाका १ गरी २७ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भयो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछी जिल्ला प्रशाशन कार्यालयले कडाई गर्न थालेको छ ।


