कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप नलगाउने ?

काठमाडौ–कोरोना विरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल छ । १८ वर्षमाथिका सबै व्यक्तिले खोप लगाउन मिल्छ तर केही अवस्थाहरु पनि यस्तो अवस्थाको लगाउन मिल्दैन ।
निम्न अवस्थामा व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुदैन ः
१.१८ वर्षभन्दा कम उमेरका व्यक्ति
२.खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्ति
३. यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस् भएको व्यक्ति
४.पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति
५.हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल
६. कोभिड–१९ को लागि मोनोक्लोनल एन्टीबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिन पछि खोप लगाउन मिल्छ
७.कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्छ ।यी अवस्था भएका व्यक्ति बाहेक बाँकी सबै व्यक्तिले आफ्नो पालो आउदा खोप लगाउनुपर्छ ।
खोप लगाउनु अघि आफ्नो रोग र आफुले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles