पत्रकार मोजिबुल्लाह लागु औषध सहित पक्राउ

गौर–रौतहट प्रहरीले लागु औषध सहित एक जना पत्रकारलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले गए राति लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ८ का आफुलाई पत्रकार मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथ बाट १ सय ५ थान लागुऔषध नाइट्राभेट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने रौतहट एक्सप्रेस नामक अनलाईन समाचारका संचालक हुन ।
जिल्ला अदालतको पछाडी बाट नेपाल बैंक जाने सडकमा प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजा“च गर्दा सो लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles