सरकारले ल्यायो दल बिभाजन सम्बन्धि अध्यादेश

काठमाडौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको हो। 
अध्यादेश आजै राष्ट्रपति समक्षका अनुमोदनका लागि पठाउन लागिएको एक मन्त्रीले बताए। 

यसअघि केपी ओली नेतृत्वको सरकारले पनि यही प्रावधान राखेर अध्यादेश ल्याएको थियो। तर दबावपछि अध्यादेश फिर्ता लिन ओली सरकार बाध्य भएको थियो। अघि दल विभाजनका लागि संसदीय दल र पार्टीमा ४० प्रतिशत संख्या अनिवार्य गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles