म त मर्छु कि क्या हो फिल्म रिलिज

एजेन्सी–विश्वभर शुक्रवार सिनेमा हलमा फिल्म रिलिज हुने परिपाटी छ ।तर, कोरोना महामारी फैलिएयता नेपालमा यो क्रम रोकिएको छ ।
गत वर्ष लकडाउनभन्दा अगावै बन्द रहेका सिनेमा हल ९ महिनापछि खुले । संक्रमणको दोस्रो लहर फैलिएसँगै गत बैशाखबाट फेरि बन्द रहेका हल अब कहिलेबाट खुल्छन्, कुनै टुंगो छैन ।जसले गर्दा रिलिजका लागि तयार दर्जनौं फिल्म अन्योलमा छन् ।
कोरोना महामारीपछि विश्वका ठूला फिल्म उद्योग मानिने हलिउड र बलिउडमा ओटीटी प्लेटफर्म सिनेमा हलको विकल्पको रुपमा उदाएको छ । महामारीका कारण सिनेमा हल बन्द भएपछि त्यहाँका धेरै आशातित फिल्म सिधै ओटीटीमा रिलिज भए ।
नेपालमा पनि ओटीटी प्लेटफर्म नउदाएका होइनन् । तर, कुनैले नया“ फिल्म किनेर रिलिज गर्ने साहस र जोखिम उठाउन सकेका छैनन् ।
यद्यपि, लकडाउनको समयमा केही निर्माताले जोखिम उठाएरै नया“ फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरे । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि गत वर्ष कोपिला र हिरो रिर्टन्स फिल्म डिजिटल रिलिज भएका थिए । गत महिना अर्को फिल्म लभ सर्कल पनि डिजिटल रिलिज भयो । यसैक्रममा, शुक्रबारबाट फिल्म म त मर्छु कि क्या हो पनि ओटीटीमा रिलिज भएको छ ।
हा“स्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण र अभिनय गरेको फिल्म ओहो मुभिज एपबाट रिलिज भएको हो ।
फिल्ममा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको पनि अभिनय छ । २ घन्टा लामो फिल्मलाई प्ले स्टोरबाट ओहो मुभिजको एप डाउनलोड गरेर सःशुल्क हेर्न सकिने सितारामले बताए ।
एक समयको चर्चित हा“स्यटेलिश्रृंखला मेरी बा“स्सैमा सिताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीको चरित्रमा दर्शकले निकै रुचाइएका थिए ।
फिल्ममा पनि सिताराम र कुञ्जना त्यही चरित्र र गेटअपमा देखिएका छन् । तराईका विभिन्रुन स्थानमा खिचिएको फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । मिलन श्रेष्ठ रहेको फिल्मको स्क्रिनप्ले र डाइलग धुर्मुस–सुन्तली स्वयंले तयार पारेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles