एजेन्सी–अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा कुरूप श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले घानाकी एक महिलाले आफ्ना निकै सुन्दर पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् ।
अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नभएपनि निकै सफल, मिहिनती र माया गर्ने व्यक्तिस“ग विवाह गरेकी थिइन् । सुन्दरताका लागि निर्धारण गरेको उनको मापदण्डमा खरो उत्रन नसकेका उनका श्रीमानको स्वरूपले खासै समस्या निम्त्याएको थिएन तर जब उनीहरूले सन्तानको योजना बनाए तब ती महिलालाई आफ्ना सन्तान श्रीमान् गोता जाने हो कि भन्ने पिरले गा“ज्यो ।
उनलाई आफ्नो श्रीमानको सबै कुरा मन पर्दथ्यो तर सन्तान कुरूप जन्मने हुन् कि भन्दै उनले जोखिम मोल्न नचाहेको बताइन् ।
त्यसैले उनले श्रीमानस“ग सहवास गरेपछि गर्भनिरोधक औषधी नबिर्सी सेवन गर्थिन् ।
लामो समयसम्म पनि गर्भ नबसेपछि उनका श्रीमानले उनलाई लिएर अस्पताल गए । परीक्षण गर्दा दुवै स्वस्थ थिए, कसैमा पनि केही समस्या थिएन । सो कुरा महिलालाई पहिल्यै थाहा थियो । त्यसैले आफ्ना श्रीमानलाई थप शङ्का गर्ने बाटो नदिन उनले एउटा योजना बनाइन् ।
ती महिलाले यी सबै कुराको जानकारी दिदै रेडियो स्टेसन हिट्स एफएमलाई पत्र लेखिन् जहा“ उनले उचित सल्लाहको समेत माग गरेकी छिन् ।
उक्त पत्रमा उनले लेखे अनुसार राम्रा सन्तान जन्माउन र श्रीमानलाई पनि खुसी राख्न उनले आफ्ना निकै सुन्दर पूर्व प्रेमीलाई सम्पर्क गर्ने योजना बनाइन् । उनका पूर्व प्रेमी पनि विवाहित हुन् तर उनी अलि छाडा प्रवृत्तिको भएकोले महिलालाई उनीस“ग विवाहेत्तर सम्बन्ध स्थापित गर्नका लागि गाह्रो भएन ।


