एजेन्सी–करिना कपुर खानले आफ्नो गर्भावस्थाबारे किताब लेखेकी छिन् जसका कारण उनी चर्चामा छिन् । अब करिनाले एक नया“ अन्तरवार्तामा गर्भावस्थाका बेला आफ्नो सेक्स ड्राइभ गुमाएको बारे कुराकानी गरेकी छिन् । उनले सेक्स एक श्रीमान् र श्रीमतीबीच आवश्यक विषय हुने बताएकी छिन् ।
करिनाले भनिन्,मलाई लाग्दैन कि तपाईंलाई यसबारे कुरा गर्न हिम्मत चाहिन्छ ।
सेक्स एक श्रीमान् र श्रीमतीको बीच आवश्यक विषय हो र यसमा महिलाले कस्तो महसुस गर्छन्, यो कुरामा असर पर्छ ।
आफ्नो किताब प्रेग्नेन्सी बाइबिलमा करिना कपुर खानले गर्भावस्थाका बेला यौनबारे कुराकानी गरेकी छिन् । उनले भनिन्,एक महिलालाई यौन सम्बन्ध राख्न इच्छा नै नहुन सक्छ वा गर्भावस्थाका बेला उनले आफूलाई मनै नपराउने पनि सम्भावना हुन्छ ।
उनले थपिन्,यहि कुरा बच्चा जन्माउने बेला पनि लागू हुन सक्छ । मानिसहरुलाई मूलधारका कलाकारले यस्ता विषयबारे कुरा गरेको सुन्ने बानी नै छैन ।
तर उनीहरुलाई मूलधारका कलाकार गर्भवती भएको हेर्ने बानी पनि छैन ।करिना लेख्छिन्,जब म पहिलो पटक गर्भवती थिए तब म जवान थिए र ममा धेरै ऊर्जा पनि थियो । म असाध्यै फिट महसुस गर्थे । म बाहिर पनि धेरै नै घुम्थेँ र ममा ऊर्जा पनि थियो । तर जहांगीरका बेला मलाई खासै सेक्सी महसुस भएन ।
यसबाहेक आफ्नो किताबले करिनाले गर्भावस्थाका बेला स्पट्रि अर्थात् पहिलो त्रैमासिकमा रगत देखिएको र स्तनपान गराउदा देखिएको समस्याबारे कुराकानी गरिन् । उनले भनिन्,तैमुर जन्माएको दुई हप्तासम्म म खाली थिए ।मेरी आमा र नर्सले मेरो स्तनलाई थिचिरहन्थे र म चाहि यस्तो किन भइरहेको छ भनेर सोच्थेँ ।
यद्यपि, करिनाले यो कुनै आत्मवृत्तान्त नभएको बताएकी छिन् । उनले भनिन्, मैले आफ्नो दुईवटा गर्भावस्थामा जे महसुस गरेँ, यो किताब यसबारे हो र यसमा डाक्टरले दिएको जानकारी पनि समावेश छ ।
यसलाई फेडेरेशन अफ अब्स्टेट्रिक एण्ड गाइनोकोलोजिकल सोसाइटिज अफ इन्डियाले एन्डोर्स गरेको छ, जुन हाम्रो लागि निकै महत्व राख्छ । यसले अन्य आमालाई पनि मद्दत गर्ने कुरामा म आशावादी छु ।
स्मरण रहोस्, एचटी ब्रन्चस“गको कुराकानीमा करिना कपुर खानले भनिन्, म आफ्ना छोराहरुलाई राम्रोस“ग हुर्काउन चाहन्छु । म छोराहरुलाई मुभी स्टार बनाउन चाहन्नँ । मेरा छोराहरुले मनैदेखि जे गर्न चाहन्छन् म त्यसमा साथ सहयोग गर्नेछु ।


