अमरको डियर भ्याक्सिन उपन्यास र अडियो सार्वजनिक

काठमाण्डौ–ओएस नेपालको आयोजनामा ओएस नेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन (अमर) द्वारा लिखित उहाको ३० औं कृति कोरोना महामारीको समयमा लेखिएको (डियर भ्याक्सिन)उपन्यासक एक समारोह सार्वजनिक गरिएको छ ।
उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा बोल्नु हुदै उहाको सफलताको कामना गर्नु भयो । सार्वजनिक समारोहमा उपन्यास डियर भ्याक्सिनको अडियो साहित्यकार एवं उपन्यासकार संघका अध्यक्ष शंकर भारती सार्वजनिक गर्दै, धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्नु हुने साहित्यकार अमरको बारेमा बोल्नु भएको थियो ।
उपन्यासको अडियोमा आफ्नो मेहनत र स्वर दिएर सहयोग गरिदिने भाष्कर श्रेष्ठलाई ओएसनेपालको तर्फबाट (भ्याक्सिन आवाज) सम्मानबाट सम्मानित समेत गरिएको थियोे भने सोही आवाज युटुवमा रहेको छ । समारोहमा चर्चित संगीतका सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ सागर, ओएसनेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक संगीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजुआदिले सुरेन्द्र महर्जनको बारेमा बोल्नु भएको थियो । कार्यक्रम भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी बाट कार्यक्रम संचालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles